Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

शिल्पी थिएटरमा नाटक ‘ह राम पण्डित’ मञ्चन हुँदै

Play

काठमाडौँ । बारत लिम्बूको निर्देशनमा नाटक ‘ह राम पण्डित’ मञ्चन हुने भएको छ । भदौ २७ गते देखि असोज १३ गते सम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक मञ्चन हुन लागेको हो ।

दैलो प्रोडक्सनको प्रस्तुति र भैरव पुरस्कार गुठीको सहकार्य रहेको यस नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझीको अभिनय छ ।

नाटकमा सङ्गीत नरेश गजुरेल र अर्पन महर्जनको रहनेछ भने र सेट निर्माण हुम बि.सि र सेट डिजाइनिङ प्रविण खतिवडाले गर्ने छन् । हास्यव्यङ्ग्यका बादशाह मानिने स्व.भैरव अर्यालको लेखन रहेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रह भित्रको निबन्धकै आधारमा रहेर नाटक तयार पारिएको निर्देशक लिम्बूले जानकारी दिए ।

मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको लोक विश्वास नाटकले प्रस्तुत गर्छ । निर्देशक लिम्बुले भने ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्र गुप्तको कार्यालयमा प्रशासनिक रूपमा जे जस्ता झन्झट झमेलाको सामना गर्छ यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ ।

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरूबाट साना तिना कुरामा पनि ठुला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिए सम्म कुनै काम बन्दैन, कर्मचारीहरूको हप्काइ खानुपर्छ । त्यसैगरी चित्र गुप्तको कार्यालयमा पुगेको मृतक पावले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले देखाउने बताइएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button