मनोरञ्जनसमाचार

एलेक्स बाहदुर नेपालीको ‘हुन्छ सबै ठिक’ गीत सार्वजनिक

Alex Nepali

Gobal IME Bank

काठमाडौँ। एलेक्स बाहदुर नेपाली नामले चर्चित एलेक्सजेन्डर स्लोकोम्बको गीत  ‘हुन्छ सबै ठिक’ सोमबार युट्युबमा सार्वजनिक गरिएकोे छ । गीतमा भुईचालो र कोरोना आयो हुन्छ सबै ठिक चिन्ता नगर्न भनिएको छ ।

नेपाल आइडलको अडिसनमा दमदार प्रस्तुती दिएर चर्चामा आएका एलेक्जेन्डर नेपालीले आफ्नो गीत आज सार्वजनिक गरेका हुन् । उनी बेलायतका नागरिक हुन् । एलेक्सजेन्डर पहिलो पटक सन् २०१२ मा नेपाल आएका थिए । त्यसपछि उनी बेला बेलामा नेपाल घुम्नका लागि आई रहन्थे । सन् २०२० मा उनी नेपाल आए र कोरोना लकडाउनको कारण नेपालमा नै रोकिएका थिए ।

एलेक्जेन्डरले पहिलो पटक सन्जय श्रेष्ठको गीत ‘माया मेरी माया’ सुने पछि उनलाई नेपाली गीतहरु मन पर्न थालेको थियो । एलेक्स नेपालीले स्ट्रिट पर्फमेन्स दिने गर्छन् । बेलायतका नागरिक एलेक्जेन्डर आफ्नो मन नेपाली हो भन्छन् । एलेक्जेन्डर नेपालीलाई दाल भात तरकारी निकै मन पर्ने बताउछन् । एलेक्सजेन्डर नेपाली नेपाल, नेपाली संस्कृती र जिवनशैलीलाई माया गर्ने बताउछन् ।

एलेक्जेन्डर नेपालीको गीत हुन्छ सबै ठिक मा स्वर एलेक्सजेन्डरको नै छ भने गीतका लेखक एलेक्सजेन्डर र मिलन न्यौपाने हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button