मुख्य समाचारसमाचार

तीन दिन भारी वर्षा हुँदै: बाढी,पहिरोको जोखिमबाट जोगिन सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

Rain

Gobal IME Bank

काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तरतिर सरेका कारण देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । यो क्रम केही दिन यथावत रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

सिन्धुली, बर्दिबास तथा आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

शुक्रबार नै अबका केही दिन भारी र धेरै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको थियो। मौसम पूर्वानुमान अनुसार वर्षा र भारी वर्षा पनि सुरु भएको छ मौसमविद्का अनुसार अहिले सिन्धुली र बर्दिबास आसपासमा भारी वर्षा भइरहेको छ । अन्य क्षेत्रमा पनि अब मनसुनको गतिविधि बढ्ने र भारी वर्षा पनि हुने छ ।

कम्तीमा पनि अझै तीन दिन देशका धेरै स्थानमा वर्षा हुने र योभन्दा अझै केही दिन बढ्न पनि सक्ने जानकारी मौसमविद्ले दिएका छन्।

न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेकाले अहिलेको वर्षा भई रहेको जानकारी मौसमविद्ले दिए । न्यूनचापीय रेखा जहिलेसम्म औसत स्थानभन्दा उत्तरतर्फ रहन्छ, उक्त समयसम्म नेपालमा ठूलो परिमाणमा वर्षा हुने छ । मौसमविद्अनुसार न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फबाट तल झर्न कम्तीमा चार पाँच दिन लाग्नेछ ।

न्यूनचापीय रेखा सरदरस्थानभन्दा माथि रहनुका साथै अहिले भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव परि रहेको छ । उसका कारण पनि भारी वर्षा भएको हो ।

आज वाग्मती नदीको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आइतबार र सोमबार नारायणी, कर्णाली, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने तथा केहीमा खतरा तह आसपास पुग्ने महाशाखाको भनाइ छ ।

आइतबार र सोमबार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको हुदै छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

नेपालमा अहिलेसम्मकै धेरै वर्षा कहाँ कहिले ?
विभागका अनुसार सोमबार देशभर मौसममा सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कम्तीमा तीन दिन भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम भएकाले त्यसबाट जोगिन सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

भारी वर्षाका कारण दैनिक जनजीवन, जनस्वास्थ्य, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने कारण विभागले आवश्यक सतर्क रहन आग्रह गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button