मुख्य समाचारसमाचार
काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको छ ।
प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो ।
अन्तिम मत परिणामअनुसार पौडेलले १५ हजार २ सय ४३ मत ल्याउनुभएको छ ।
यता ईश्वर पोखरेलले भने जम्मा १० हजार २ सय १० मत प्राप्त गर्नुभएको थियो ।