मुख्य समाचारसमाचार
महानगर दिवसमा स्वास्थ्य शिविर आयोजना, नि:शुल्क औषधीको व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
आज र भोलि संचालन हुने स्वास्थ्य शिविरमा काठमाडौं महानगर र नेपाली सेनाको सहकार्य रहेको छ भने नि:शुल्क औषधी पनि वितरण गरिएको छ ।
शिविरमा जनरल फिजिसियन, कार्डियोलोजि, छाति रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोग, आँखा रोग, नाक कान घाटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको परीक्षण हुनेछ । शिविर सेनाको खेल मैदानमा आयोजना गरिएको हो ।
कामपा मेयर बालेन्द्र साह पनि शिविरमा पुग्नुभएको छ ।