मुख्य समाचारसमाचार
मगर समुदायले मनायो टुँडिखेलमा भूमे पर्व (फोटो फिचर)
काठमाडौं । मगर समुदायले भूमि पर्व धुमधामका साथ मनाइरहेका छन्।
प्रकृतिको पूजा र नाचगान गरी मनाउने यो पर्व असार १ देखि एक हप्तासम्म मगर समुदायले मनाउने गर्छन्।
हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो, हुरी बतासजस्तो दुस्ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गर्छन्।
भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने चलन छ।
साथै ५ दिनसम्म नाच्ने भूमि नाचमा आफ्नो पहिचान र वेशभूषासहित सहभागिता जनाउँछन्।