काठमाडौँ। पछिल्लो समय देशभरीका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु बढिरहेका छन् । अहिले आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ ।
लक्षणहरु
- आँखा रातो हुने र चिलाउने, आँखाबाट आँशु बगिरहने वा कचेरा, चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुनिने
- आँखा बिझाउने दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
आँखा पाक्ने रोग भाइरल कन्जग्टिवाइटिस लागेमा ध्यान दिनुपर्ने कुराहरु
- बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने
- आँखा नमिच्ने र आँखामा पानीले नछ्याप्ने
- आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि साबुन पानीले हात धुने
- प्रसस्त मात्रामा पोषिलो खाना खाने
- बाहिर घाममा जाँदा कालो चस्मा लगाएर जाने
- संक्रमित ब्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन सफा धुने
- संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिले प्रयोग नगर्ने