मुख्य समाचारसमाचार
वीर अस्पतालले अब घर बहाल कर महानगरलाई बुझाउने – Good News 24

काठमाडौँ । वीर अस्पतालले चालु आर्थिक वर्षदेखि आफ्नो घर बहाल कर काठमाडौँ महानगरपालिकालाई बुझाउने भएको छ ।
अस्पतालले अबदेखि महानगरपालिकालाई आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिएबापत तिर्नुपर्ने घर बहाल कर बुझाउने भएको हो ।
महानगरले घर बहाल कर बुझाउन अस्पताललाई ताकेता गरेको थियो । यसअघि अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी हुनु पूर्वकै व्यवस्थाअनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको थियो ।