यसपालिको भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ: मेयर हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता नारी हुनुपर्ने ईच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साम्पाङले कहिलेकाहीं महिला प्रतियोगीलाई पनि जिताउनुपर्ने धारणा राख्नुभएको हो ।
उहाँ लेख्नुहुन्छ, ‘तिमीले खाएको कसम साँचो भएको भए । यसपालिको भ्वाइस अफ नेपाल चाहिं नारी नै हुनुपर्छ । कहिलेकाहीं त फिमेल कन्टेस्टेन्टलाई पनि जिताऔं न हो । कि कसो ?’
मेयर साम्पाङको यो स्टाटसमा आएपछि धेरै मानिसहरुले प्रतिक्रियाहरु दिईरहेको देख्न सकिन्छ । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा यतिबेला ब्याटल राउण्ड चलिरहेको छ ।
त्यसपछि नकआउट चरण सुरु हुनेछ । त्यसो त ब्याटल राउण्डसम्म आइपुग्दा नै दर्शकहरुले जित हारको आँकलन गर्न थालिसकेका छन् । आफूलाई मनपर्ने प्रतिस्पर्धीको पक्षमा उनीहरुले धारणा राख्न थालेका छन् ।