सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष-Goodnews24
कर्णाली- जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुर्खेत बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुलाई सुरक्षित गन्तव्यमा पु¥याउने उद्देश्यले आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्ष दशैँ–तिहार लक्षित सञ्चालन हुनेछ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रुको सुरक्षाका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरी दुवै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “चाडपर्वमा यात्रुहरु हतारमा हुने हुँदा दुर्घटना रहित यात्रा गराउन सबै चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “भीडभाडको मौका छोपी बसपार्कमा हुने लुटपाटका घटनालाई निरुत्साहन गर्नु त छदैछ, सडक सुरक्षालाई पनि विशेष ख्याल गर्नुपर्छ ।” पहाडी भेगमा क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना निम्तिने गरेको बताउँदै उहाँले पैसाभन्दा यात्रुको जीवनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिजापतिले यात्रामा कुनै समस्या आइपरेमा सहायता कक्षमा खबर गर्न आग्रह गर्नुभयो । सहायता कक्षमा चौबिसै घण्टा प्रहरी हुने हुँदा बसपार्कमा शान्ति सुरक्षाका साथै सुरक्षित यात्राको सहजीरकणमा मद्दत पुग्ने उहाँको भनाइ छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]