
एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट आकस्मिक हृदयघात हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट गरेको छ ।डा. चुघ भन्छन्, ‘काडिर्याक अरेष्ट र हार्ट एट्याक फरक कुरा हो ।’ उनले बताए अनुसार हर्ट एट्याक त्यतिवेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै ‘सड्न कार्डियाक अरेष्ट’मा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ ।यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रस्वासमा बन्द हुन्छ । त्यतिवेला तत्काल सहि उपचार पाएन भने ज्यान गुमाउने जोखिम समेत हुन्छ ।
‘कार्डियाक अरेष्ट’सँग जोडिएको तथ्य:
अस्पताल भन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत केशमा बिरामीलाई बचाउँन सकिदैन ।तत्काल सीपीआर नपाउँदा बिरामीको बाच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ ।यदि बिरामीले पहिलो केही मिनेटमै सीपीआर पायो भने बिरामीको बाँच्ने सम्भावना दुई देखि तीन गुनाले बढछ । सीपीआरको दौरानमा छातीमा एक मिनेटमा १०० देखि १२० पटक सम्म दवाव दिनुपर्छ ।
सिपिआरलाई सम्झनका लागि अमेरिकाको म्यूजिक व्याण्ड बी जीजको गीत स्टेइङ अलाइव सुन्न सल्लाह दिइने गरिन्छ ।
डाक्टर चुघ र उनका सहयोगिहरुले पोर्टल्याण्डमा सन २००२ देखि २०१५ सम्म वयस्कहरुमा आउने सडन कार्डियाक अरेस्ट सम्बन्धि केसको अनुसन्धान गरे । जसमा एक प्रतिशत भन्दा कम केशमा यसको कारण सेक्स थियो । ती मध्ये अधिकांश केश मध्यम उमेरका अफ्रिकि अमेरिकी व्यक्तिमा थियो जो पहिले देखि नै मुटुसम्वन्धी रोगबाट ग्रसित थिए ।
सीपीआर दिन सबैले जान्नुपर्छ
अध्ययनमा यो कुरा पनि थाह भयो कि सडन कार्डियक अरेस्टका केसमा एक तिहाई केसमा मात्रै सिपिआर दिइएको थियो । जबकी त्यतिवेला व्यक्ति एक्लै थिएन । डा चुघका भन्छन्, ‘यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाह भएको भए ती व्यक्तिहरुलाई बचाउन सकिन्थ्यो । त्यसैले सबैले सीपीआर सिक्न जरुरी छ ।’ सीपीआर इमरजेन्सीमा दिइने एक प्राथमिक उपचार हो । जसमा छातीमा जोड जोडले पटक पटक थिच्नु पर्छ । -RABINA MANGRATI




