नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’
काठमाडौं । यःमरी पुन्हि नेपालको प्रख्यात नेवारी पर्व हो । योमरी पुन्हीलाई योमरी पुर्णीमा र धने पुर्णीमा पनि भनिन्छ । यो पर्व नेवारी समाजमा मनाइने पर्व हो । यो पर्व भरपुर बाली जम्मा भएको खुसीयालिमा मनाइने गरिन्छ । यःमरी पुन्हि पर्व हरेक बर्ष नेपाल संवत् दोश्रो महिनामा मनाइने गरिन्छ । यःमरी पुन्हीको दिनमा अन्नकी देवी अन्नपुर्णको पुजा गर्ने गरिन्छ र योमरी बनाई खाने र बाढ्ने गरिन्छ । योमरी चामलको पिठोमा चाकु र तिलको दाना भरेर माछाको आकार दिइ उसिनेर बनाइने गरिन्छ भनिन्छ योमरीको पुच्छर जति लामो हुन्छ त्यति नै छोटो पुषको जाडो महिना हुन्छ भन्ने विश्वास जनमानसमा रहदै आएको छ ।
योमरीलाई पृथ्वी सँग पनि तुलना गर्ने गरिन्छ । योमरीको दुई छेउलाई उत्तर र दक्षिण धुर्व मानिन्छ । योमरीले पुर्णता र उदरतालाई जनाउछ । मन्दिरको गजुरलाई जसरी मन्दिरको पुर्णताको प्रतिक मानिन्छ त्यस्तै योःमरीले पनि पुर्णतालाई जनाउछ ।
नेवारी शब्द नेपाल भाषाबाट आएको शब्द हो ‘ योमरी ’ शब्द , ‘यो ’ जसको मतलब जसको मतलब मनपर्नु र ‘ मरी ’ को मतलब रोटि हो यि दुई शब्द मिलाएर बनेको शब्द हो । मानिसहरुलाई मनपर्ने खानाको आइटम भएको कारण यसको नाम योमरी राखिएको हो । योमरी पर्व नेवारी संस्कृतिमा महत्वपुर्ण पर्व हो ।
योमरी पर्वको सुरुवात पाचांल नगर हाल पनौतीको नाममा चिनिने ठाँउबाट भएको हो । पौराणिक कथा अनुसार सुचन्द्र र कृता नामका विवाहित दम्पतीले आफ्नो नयाँ बालिबाट चामलको पिठोको नयाँ परिकार बनाएर गाँउ भरी बाँडे र गाँउ भरीको मान्छेलाई त्यो परिकार एकदमै मन पर्यो । त्यति नै बेला रुप फेरेर घुमिरहनु भएको धनको देवता कुँवेरलाई पनि ति दम्पतीले त्यो परिकार खानको लागि दिए र कुँवेरलाई पनि त्यो परिकार एकदमै मन पर्यो र त्यस जोडिलाई धन वरदान स्वरुप दिनुभयो । कुँवेर देवताले त्यस दिन घोषणा गर्नु भयो कि हरेक माग शुक्ल पुर्णिमाको दिनमा देवि र देवताको आकारमा योमरी बनाएर चढाउदा उनिहरुले धन र समृद्वि प्राप्त गर्ने छन् । त्यस दिन देखि गाँउको मान्छेहरुले हरेक वर्ष माग शुक्ल पुर्णिमाको दिनमा योमरी बनाएर देवी र देवतालाई चढाउने गर्न थाले र यो पर्व अहिले पनि नेवारी समाजले रमाइलो मान्दै मनाइ रहेको हुन्छन् ।
योमरीलाई विभिन्न देवी र देवता जस्तै कुमार, गणेश , कुँवेर र लक्ष्मी भगवानहरुको आकारको बनाएर चढाउने प्रचलन रहेको छ । चाकु र तिलको दाना मिसाई बनाएको योमरीलाई महामाया देवी मानिन्छ , मासु हालेर बनाएको योमरीलाई गणेश र कालो दाल हाली बनाएको योमरीलाई कुँवेर भनिन्छ । योमरीको पहिलो भागलाई भकारीमा राखी गणेश , कुमार , कुँवेर र अन्नपुर्ण देवीलाई चढाएर पुजा गरेर प्रसादको रुपमा सेवन गर्ने चलन छ । प्रथा अनुसार कृतज्ञताको रुपमा देवी र देवताहरुलाई योमरी चढनउने गरिन्छ ।
योमरी पुन्हि पुर्णिमा को दाश्रो दिन मनाइने गरिन्छ । यो दिन देवि देवताको विभिन्न पुजा र प्राथना गरि बनाएको योमरीलाई नखाइई राख्ने चलन छ । पुर्णिमाको चौथो दिनमा नेवारी समाजमा रहेका व्यत्तिहरुले भगवानको प्रसादको रुपमा योमरी सेवन गर्ने चलन छ र यो दिन पर्वको अन्तिम दिन पनि हो । जाडो महिनामा मनाइने पर्व भएको कारण मकल अगाडी बसेर योमरी र अरु नेवारी परिकार खाने चलन थियो तर यो अहिले निकै कम ठाँउमा देखिन्छ ।यस दिनमा नेवारी पहिरनमा सजिएर बच्चाहरु छिमेकीको घरमा गएर योमरी माग्ने चलन छ । बच्चाहरुलाई भगवान रुप मान्ने गरिन्छ तर बच्चाहरुलाई योमरी दिनु भन्दा अगाडी देवी देवतालाई योमरी चढाउने गरिन्छ ।
यःमरी पुन्ही चार दिन सम्म मनाइने चलन छ । काठमाडौँ , भक्तपुर र ललितपुरमा भएका नेवार समाजका व्यत्तिहरुले रमाइलो गरि यो पर्व मनाउने गर्छन् । नेवारी महिला र पुरुषहरु नेवारी पहिरन हाकु पटासी र कालो बुट्टेदार दाउरा सुरुवाल लगाएर सुसज्जित हुन्छन् र धिमे बाजा बजाई आफ्नो आफ्नो छरछिमेकमा नेवारी गित गाएर नाच्ने गर्छन् ।
पनौतिको धनेश्वर महादेव मन्दिरमा यो दिन ठुलो उत्सव हुन्छ । हरिसिद्वमा पनि परम्परागत मुकुट लगाएर सांस्कृतिक नाच देखाउने चलन छ । यो दिन नेवारी परिवारमा विवाह भएको छोरीहरुलाई माइतिमा योमरी खानको लागि बोलाउने चलन छ जसलाई नेवारीमा ‘नखत्या ’ भनिन्छ ।
पकाउने विधि
योमरी बनाउनको लागि पहिले तौली चामलको प्रयोग गर्ने गरिन्थ्यो तर अहिले त्यसको सट्टामा ताइचुन चामलको प्रयोग गरिन्छ । चामललाई पिठोमा परिणत गरिन्छ र पिठोमा थोरै मात्रामा घिउको हरक दिइन्छ र १०० डिग्री तापक्रममा तताएको पानि राखेर पिठोलाई मुसिन्छ । त्यसपछि पिठोको डल्लोलाई सफा मलमलको कपडाले छोपिन्छ । मुछिएको पिठोलाई योमरीको आकार दिइन्छ । पिठोको डल्लोलाई हातमा लिई चोर औलाको सहायताले छेड्नुपर्छ । औलामा शुद्व खाने तेल लगाएर पिठोको डल्लो भित्र घुमाउदै गहिरो र शंक आकारको बनाइन्छ । पिठोको बिचको भाग खोक्रो हुन्छ त्यस ठाँउमा पगालेको चाकु र तिललाई मिसाएर हालिन्छ र माथिबाट माछाको पुच्छर जस्तो बनाई चाकु बाहिर नआउने गरी बन्द गरिन्छ । त्रिकोण आकारको योमरीलाई सरस्वती माताको अर्धवृत्त वा ज्ञानको छविको रुपमा हेरिन्छ ।
योमरी मिठो हुनुका साथै यसमा विभिन्न पोषक तत्वहरु पनि पाइन्छ यसैकारण योमरी गर्भवति महिलाहरुलाई पनि दिइने गरीन्छ । योमरी खादाँ आमा र बच्चा दुबैको लागि फाइदाजनक हुन्छ भन्ने विश्वास रहेको छ । जाडो महिनाको समयमा हाम्रो शरीरको तापक्रम घट्छ र योमरी पुन्हि पर्व पनि जाडो महिनामा पर्ने हुदा मौसम योमरी खानको लागि मिल्ने पनि गर्छ । योमरीमा हाम्रो शरीरलाई तातो बनाउने गुण हुन्छ । योमरी नेवारी संस्कृतिमा शुभ दिनको समयमा खाने खानामा पर्छ । बच्चाहरुको जन्म दिनमा उनिहरु उमेर जति भयो त्यति वटा नै योमरी राखेर माला बनाई आमाहरुले बच्चाहरुलाई लगाई दिने चलन रहेको छ ।