मनोरञ्जनमुख्य समाचारसमाचार
विश्वकप छनोटः नेपालले दियो जिम्बावेलाई २९१ रनको लक्ष्य
काठमाडौँ । नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको थियो भने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्न सफल भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ९९ रनको योगदान दिए । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, आशिफ शेखले ६६ रन जोडे । कुशल मल्लले ४१, रोहित पौडेलले ३१ र आरिफ शेख ११ बलमा १० रन बनाई आउट भएका थिए ।