गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय-GoodNews24
काठमाडौँ- सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जाानकारी दिनुभयो । यही भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो । गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो । यसैगरी सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ५ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]