विहीबार थप ३ हजार ३८ जना संक्रमित निको-Goodnews24
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबार अपराह्न सम्मको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । विहीबार सम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । कोरोनाबाट अत्याधिक प्रभावितहरुको सूचिमा नेपाल ३४ औं स्थानमा रहेको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]