समाचार

एसिड आक्रमणमा परेकाहरुलाई प्रधानमन्त्री ओलीले सामूहिक भेट्दै-GoodNews24

Gobal IME Bank

काठमाडौं । एसिड आक्रमणमा परेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक रुपमा नै भेट गर्ने भएका छन् ।अपराधीहरुको एसिड आक्रमणमा परेकाहरुलाई हौसला दिनका लागि पनि प्रधानमन्त्रीले सामूहिक रुपमा भेट्न लाग्नु भएको छ ।

भदौ २५ गते बालुवाटार स्थित सरकारी निवासमा नेपालमा रहेका सबै एसिड पीडितहरुलाई भेट्ने समय मिलाउनु भएको छ । एसिड आक्रमणमा परेकाहरुको उपचार र उद्दारका लागि निरन्तर खटिरहेका अभियन्ता उज्वल विक्रम थापाले भदौ २५ गते प्रधानमन्त्री ओलीले सम्पूर्ण एसिड पीडितहरुलाई भेट्ने आफूलाई जानकारी गराएको बताउनु भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका अभियन्ता थापालाई महान्यायाधिवक्ता अग्नि खरेलले भदौ २५ गते प्रधानमन्त्रीले एसिड पीडितलाई सामूहिक रुपमा भेट्ने जानकारी गराउनु भएको हो ।

नेपालभर एसिड आक्रमणमा परेका १७ जना छन् । काठमाडौं बाहिर रहेकाहरुलाई काठमाडौं ल्याउन समेत प्रधानमन्त्रीले सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइ सक्नु भएको छ ।

हिजो भएको भेटमा अभियन्ता थापाले प्रधानमन्त्रीलाई एसिड आक्रमण रोक्नका लागि कडा कानुन तत्काल बनाउन सुभाव दिनु भएको थियो।

भदौ २५ गते हुने सामूहिक भेटमा प्रधानमन्त्री ओलीले कानुन निर्माणका लागि सुझाव लिनुका साथै एसिड आक्रमणमा परेकाहरुलाई विशेष प्याकेज घोषणा गर्ने अपेक्षा पीडितहरुको छ ।

एसिड आक्रमणमा परेकाहरुको उपचारका लागि निरन्तर सहयोग गर्दै आएका थापाले एसिड विक्रीदेखि आक्रमण गर्नेहरुलाई कारवाही सशक्त बनाउन माग गर्दै आइराख्नु भएको छ ।

मानवीयताका नाताले एसिड आक्रमणमा परेका महिला र पुरुषहरुलाई सहयोग गर्दै आएका अभियन्ता थापाको सत्प्रयासमा नीतिगत तहमै सुनुवाई भएकाले आफूलाई खुशी भएको समेत उहाँले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button