समाचार

बेनी नगरपालिकाको भवन निर्माण शुरु-GoodNews24

Gobal IME Bank

म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिका अन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कोरोनाको जोखिमका बीच पनि निर्माण कम्पनीले स्थानीय मजदुर परिचालन र निर्माण सामग्री जुटाएर भवन निर्माणलाई तीव्रताका साथ अघि बढाएको छ ।

यसैगरी बेनी नगरपालिकाको वडा नं ७ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिकका लागि पुस्तकालय चोकमा अर्को भवन पनि निर्माण भइरहेको छ । तीन तले भवनको गत वर्ष कालीगण्डकी निर्माण सेवासँग रु २४ लाखमा सम्झौता भएअनुसारको काम सकिएको छ ।

यो वर्ष थप बजेटको व्यवस्थापन गरेर भवनलाई पूर्णता दिइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । यसैगरी अर्थुङ्गेमा वडा नं ६ को कार्यालय भवन निर्माण शुरु भएको छ । रु ५१ लाख ७४ लाख २५३ मा तिलक निर्माण सेवाले ठेक्का लिएको थियो । गत आर्थिक वर्षमा कोरोना र बन्दाबन्दीका कारण काम प्रभावित भएपछि म्याद थप गरेर निरन्तरता दिइएको लेखा अधिकृत मीनबहादुर बानियाले बताउनुभयो ।

बेनी नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय खारेज भएको तत्कालीन भुसंरक्षण कार्यालयका लागि निर्माण भएको भवनमा छ । यसैगरी तत्कालीन अर्थुङ्गे गाविसको पुरानो भवनमा तला थप गरिएको छ । धेरै शाखा र कर्मचारीका लागि कार्यकक्ष अभाव भएपछि नयाँ भवन निर्माण थालिएको हो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button