मुख्य समाचारसमाचारसूचना प्रविधि

अब विदेशबाट के कस्ता सामान ल्याउँदा कति भन्सार तिर्नुपर्छ ? थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । विदेश जाँदै वा विदेशबाट फर्कदै हुनुहुन्छ ? अब के कस्ता सामान ल्याउँदा कति भन्सार तिर्नुपर्छ थाहा पाउनुहोस्

लुगाफाटा, घरेलु सामान , प्रिस्क्राइब्ड औषधि, ५० ग्रामसम्म सुन, ट्याबलेट, ल्यापटप, मोबाइल र पेन ड्राइभ एक एक वटा मात्र ल्याउँन पाइन्छ र एक लिटर मदिरा पनि ल्याउन पाइन्छ। विदेशबाट फर्कँदा नेपाली नागरीकले आफ्नो साथमा भएको सरसामानमा कुनै पनि महसुल तिर्नु पर्दैन।

स्टेथोस्कोप, खेलाडीले फुटबल, भलिबल र ब्याण्डमिन्टन, म्युजिसियनहरुले म्युजिकल इन्सटु्रमेन्ट गितार, हार्मोनियम जस्ता सामान ल्याउन पाइन्छ । विदेश घुम्न गएर फर्कँदा नेपालिले ल्याउने सामान जस्तै टिभि , म्युजिक सिस्टमहरुमा मा भने महसुल तिर्नुपर्छ।

तपाईं ६ महिनाभन्दा बढी बसेर फर्कनुभएको छ भने तपाईँले तिर्ने महसुलमा १५ हजारसम्म छुट हुन्छ। वर्षभन्दा बढी अवधि विदेश बसेर फर्कनुभएको छ भने पच्चीस हजारसम्म छुट पाइन्छ।

त्यस्तै विदेशमा बसेका नेपालीले नेपालमा भएका आस्फन्त वा परिवारलाई अमेरिकी डलर ३ सय ५० सम्मका सामान पठाउन पाउछन् । विदेशबाट आउँदा जस्तै जाँदा पनि कतिपय सामानमा भन्सार छुट हुन्छ भने कतिपयको भन्सार तिर्नुपर्छ। विदेश जाँदा कसैलाई उपहारको रूपमा ५० हजारसम्मको सामान लैजान पाइन्छ यसमा कुनै महसुल तिर्नुपर्दैन र यसरी सामान लैजाँदा कर तिरेको र मुल्य खुलेको बिल पनि साथमा राख्नुपर्छ।

गैरआवासीय नेपालीहरुलाई यसरी यात्रा गर्दा सरकारले सामान अनुसार विभिन्न महसुलमा छुट दिने गरेको छ। यसरी यात्रुले आफुसँग ल्याउन र लैजान पाउने सामानको बारेमा जानकारी भन्सार कार्यलयको आधिकारीक वेभसाइटमा पनि हेर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button