समाचार

भक्तपुर रेडक्रसले गर्‍यो कोरोना जितेकाहरुको रगत संकलन सुरु-GoodNews24

Gobal IME Bank

भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले कोरोना भाइरस संक्रमणलाई जितेकाहरुको रगत संकलन सुरु गरेको छ। कोरोना भाइरस संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुको प्लाज्मा थेरापी गर्न उक्त रगत संकलन गरिएको जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनु भएको छ।
कोरोना भाइरस संक्रमण भएर गम्भीर बिरामी भएकालाई जीवनदान दिन भक्तपुर रेडक्रसले संक्रमण भएर निको भएकाहरुको रगत संकलन गर्न थालेको जिल्ला सभापति थापाले स्पष्ट पार्नु भएको छ। उनका अनुसार शनिबार कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेका एक संक्रमितलाई भक्तपुरको चाँगुनारायण नपाका एक युवाको रगतलिएर प्लाज्मा उपलब्ध गराइएको छ।

कोरोना भाइरस संक्रमणको कुनै खोप तथा औषधि अहिले सम्म पत्ता लागेको छैन। तर संक्रमण भएर निको भएकाहरुको रगतको प्लाज्मा गम्भीर संक्रमितलाई दिँदा निको हुन थालेपछि अहिले प्लाज्मा थेरापी गर्ने क्रम बढेको छ। उक्त सूचीभित्रका व्यक्तिलाई रक्तदानको लागि भक्तपुर रेडक्रसले लिन जाने र पुनः घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। संक्रमित र उनका घरपरिवारले सम्पर्क गरेर ल्याएका व्यक्तिको रगत लिएर पनि भक्तपुर रेडक्रसले प्लाज्मा छुट्याएर उपलब्ध गराउने सभापति थापाले जानकारी दिनु भयो। उहाँले संक्रमितको लागि आवश्यक प्लाज्मा सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ। शनिबार सम्म भक्तपुरका एकसय २ जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्।

यो पनि पढ्नुहोस्

[irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button