शिक्षा स्वास्थ

डिप्रेसन भएका व्यक्तिहरुलाई महत्वपूर्ण टिप्सहरु – GoodNews24

Gobal IME Bank

डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हुने अवस्था हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसनले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ । खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ ।

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ। तर कहिलेकाही केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामीले डिप्रेशन भन्छौ । यदि मन दुःखी भयो उदास भयो भने केही समय फेरि त्यो मन फर्कीएर सामान्य अवस्थामा जानुपर्ने तर सामान्य अवस्थामा जादैन । दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ।

डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ तर, शरीर भित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ। मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ। शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ। डिप्रेशन यही कारणले हुन्छ भनेर किटान गर्न त सकिदैन। तर यसका बिभिन्न कारणहरु हुन्छन ।

डिप्रेसन भएका व्यक्तिहरु अत्यन्तै निराश हुन्छन उनीहरु अब जिन्दगीमा कुनै बाटो नभएको र मृत्यु नै अन्तिम बिकल्प भन्ने सम्म ठान्छन डिप्रेसन सुन्दा सामान्य लाग्छ तर यो खतरनाक एक मानसिक रोग हो । एउटै समस्याले लामो समय पिरोल्नु कुनै उपाय कुनै तरिकाबाट पनि खुशी हुन नसक्नु डिप्रेसन भएका व्यक्तिको व्यवहार हो ।

यहाँ हामी डिप्रेशन समस्या हुनेहरुलाई केहि टिप्स बारे जानकारी दिनेछौ ।

– डिप्रेसनको बिरामीलाई पारिवारिक सपोर्ट , मनोबैज्ञानिक परामर्श र औषधि यी तीनको अत्यन्तै आवश्यक पर्दछ यी तीन कुरा बिना डिप्रेसनको बिरामीले डिप्रेसनबाट मुक्त हुनेबारे नसोच्दा पनि हुन्छ ।

– डिप्रेसनको बिरामीले आफुलाई भएको समस्या स्विकार्न सक्नु पर्छ उसले यो बुझ्नु जरुरि छ कि ”म आफैले आफैलाई सम्हाल्न नसक्ने भएको छु समस्यालाइ व्यवस्थापन गर्न नसक्ने भएको छु मलाइ औषधि र परामर्शको जरुरत छ र यो सब डिप्रेसन नामक रोगले भएको हो । ”

– डिप्रेसन भएका व्यक्तिले हरेक कुरालाई नकारात्मक रुपमा लिन्छन । दिमागमा नकारात्मक कुरा आउछन जव दिमागमा नकारात्मक कुरा आउछन तव डिप्रेसनको बिरामीले त्यसलाई कुनै पनि हालतमा सकारात्मकमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ र यो याद राख्नु पर्छ कि यो सब मलाई डिप्रेसन रोगको कारण भएको हो ।

– आफुलाई डिप्रेसन भएको थाहा पाइसके पछि एकान्तमा बस्ने भन्दा पनि भावना बुझ्ने आफ्नो कुरा सुनिदिने साथी बनाउनु पर्छ यस्ता साथी संग समय बिताउदा दिमागले नकारात्मक कुरा सोच्ने अवसर पाउदैन ।

– डिप्रेसनको बिरामीले दिमाग र मनले भनेका नकारात्मक कुरा नमानी ठिक्क त्यसको बिपरित गर्ने प्रयस गर्नु पर्दछ ।

– चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।

– चिन्ता परेको वाहानामा जाँड, रक्सी तथा अन्य लागुपदार्थको सेवन गर्नु हुदैन ।

– डिप्रेसन भएको अवस्थामा सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।

– आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।

गुड न्यूज 24 डट एनपी
www.gudnews24.com
GoodNews Media

यो पनि  पढ्नुहोस् ।

के हो डिप्रेसन र एन्जाइटी ?

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button