शिक्षा स्वास्थसमाचार

गाजरको जुस पिउनु फाइदै फाइदा, छालादेखि ब्लड सुगरसम्मको रोगलाई निको पार्छ

Gobal IME Bank

एजेन्सी । हाम्रो वरपर विभिन्न प्रकारका पोषक तत्वयुक्त खानेकुराहरु पाइन्छ । शरीरलाई बलियो र स्वस्थ बनाईराख्नको लागि हामी हरेक सजिव प्राणीहरुको लागि स्वस्थ र सफा खानेकुराहरुको नै आवश्यकता पर्दछ । हामी कोही मांशाहारी छौं त कोही शाकाहारी छौं । मांशाहारीले माछा, मासुसंगै तरकारी फलफुल पनि खाएकै हुन्छ तर शाकाहारीहरुले माछा, मासु खादैनन् ।

तरै पनि शाकाहारी तरकारी फलफुलमा पनि धेरै प्रकारका खानेकुराहरु छन् जसबाट हाम्रो शरिरलाई आवश्यक पर्ने पोषक तत्वहरु हामी प्राप्त गर्न सक्छौं । जसमध्ये गाजर एउटा धरै नै राम्रो पोषक तत्वहरुयुक्त भएको तरकारी हो । यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ । यो हरेक दिन खानाले पनि क्यालोरी बढ्दैन । गाजरमा भिटामिन ए, सी र के पाइन्छ । यसमा लुटेन र जेक्सान्थिन भनिने क्यारोटिनोइड पिग्मेन्टहरू पनि हुन्छन्, जसले शरीरमा फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्दछ । गाजरको जुस खानुको ५ फाइदाहरु

१. छालाः गाजरमा अत्याधिक मात्रामा भिटामिन सी पाइन्छ । जुन भिटामिन सी हाम्रो छालाको लागि धेरै राम्रो हुन्छ । भिटामिन सीले हाम्रो छालालाई फ्री रेडिकल क्षतिबाट बचाउँछ । त्यस्तै गाजरको जुसमा क्यारोटीनोइड्स पाइन्छ, जसले हाम्रो छालालाई यूभी रेजको हानीबाट पनि बचाउछ ।

२. आँखाः गाजरमा धेरै किसिमका पोषक तत्वहरू पाइन्छ त्यसैले यो हाम्रो आँखाको लागि पनि निकै फाइदाजनक मानिन्छ । आँखाको दृश्य शक्ति राम्रो हुनको लागि हामीलाई भिटामिन ए को आवश्यक पर्दछ र गाजरमा यो चिज पर्याप्त मात्रामा पाइन्छ। गाजरमा लुटेन र जेक्सान्थिन पनि पाइन्छ, जसले आँखालाई हानिकारक प्रकाशबाट बचाउँछ । त्यतिमात्र नभई गाजरको जुस पिउनाले उमेरसँग सम्बन्धित रोग ‘म्याकुलर डिजेनेरेसन’ हुने खतरा कम हुन्छ र आँखासँग सम्बन्धित अन्य समस्याको सम्भावना पनि कम हुन्छ ।

३. कलेजोः गाजर क्यारोटिनोइडहरू र तिनीहरूको एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरूको लागि परिचित छन् । यसले कलेजोलाई नन अल्कोहोलिक फ्याटी लिभर डिजिज बाट बचाउन मद्दत गर्छ ।

४. रगतमा चिनीको मात्रा व्यवस्थापनः रक्त शर्करा स्तर व्यवस्थापन गर्नको लागि मधुमेहका बिरामीहरूले ग्लाइसेमिक इन्डेक्स कम भएको खाना खानु आवश्यक हुन्छ । र गाजरमा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ । यही कारणले गर्दा यो मधुमेह रोगीहरूको लागि राम्रो विकल्प हुन जान्छ ।

५. रोग प्रतिरोधात्मक क्षमताः मानीसमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा धेरै नै समस्या आउन सक्छ, त्यसैले हरेक मानीसमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक हुन्छ । गाजरको जुसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button