समाचार

बाढीपीडितलाई छिमेकी गाउँपालिकाको सहयोग-GoodNews

Gobal IME Bank

बागलुङ, २३ भदौ: बडिगाड गाउँपालिकाले छिमेकी ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि रु. चार लाख १३ हजार ५०० राहत प्रदान गरेको छ । सो राहत रकम आज ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले बताउनुभयो ।  उहाँका अनुसार जनप्रतिनिधिबाट उठेको रु. एक लाख १३ हजार ५०० र कर्मचारीको तर्फबाट सङ्कलित रु. एक लाखमा गाउँपालिकाको तर्फबाट रु दुई लाख थप गरी राहत सहयोग गरिएको हो ।

गाउँपालिकासहित अन्य सङ्घसंस्था, व्यवसायीलगायतबाट गरी बडिगाडबाट झण्डै रु १० लाख बराबरको राहत गएको अध्यक्ष पाइजाको भनाइ छ । गत बुधबार राति भुजीखोलामा आएको बाढीले जनधनको क्षति पु¥याएको थाहा पाउनसाथ अध्यक्ष पाइजासहित बडिगाडबाट पुगेको टोली उद्धार र राहतमा समेत खटिएको थियो । यसअघि ताराखोला गाउँपालिकाले रु. दुई लाख ३० हजारबराबरको राहतस्वरुप त्रिपाल, भाँडाकुँडा, खाद्यान्न र प्राथमिक उपचारमा प्रयोग हुने औषधि प्रदान गरेको थियो । सरकारी निकायसँगै जनस्तरबाट समेत बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले विपद्को घडीमा सबैको हातेमालो चाहिने बताउँदै सङ्कलित राहतलाई एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई वितरण गरिने प्रतिबद्धता जनाउनुभयो । बाढीले ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो क्षति पु¥याएको छ । बाढीमा परी १७ जनाको ज्यान गएको छ भने २१ अझै बेपत्ता छन् । –––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button