Grace Computer Jawalakhel
मुख्य समाचारसफल कथासमाचार

रन्जितकार दाजु बहिनीको ओप्पाज कफी हाउस

काठमाडौं । लगनखेलस्थित ओप्पाज कफी हाउसको सफलताको कथा निकै रोचक र प्रेरणादायी छ । क्याफेको मालिक वर्षा रन्जितकार र सुरज रन्जितकार हुनुहुन्छ । सानै उमेरमा रन्जितकार दाजु बहिनीले बिजनेसको यात्रा सुरु गर्नु भएको हो । उहाँहरुले व्यापार स्थापित गर्नको लागि विभिन्न बाधाहरुको सामना गर्नु परेको थियो ।

रन्जितकार दाजु बहिनी सामान्य परिवारमा हुर्किनु भएको थियो । उहाँहरुको आर्थिक अवस्था खासै राम्रो नभएको कारण आमाबुवालाई आर्थिक रुपमा सपोर्ट गर्नको लागी क्याफेको सुरुवात गर्नु भएको थियो । क्याफे ओनर वर्षाले स्नातक तहको शिक्षा पुरा गर्नु भएको छ । उहाँलाई सामाजिक सञ्जाल टिकटकमा कफि गर्ल भनेर पनि चिनिन्छ ।

वर्षा र उहाँको दाईले मिलेर क्याफे पाँच वर्ष अगाडी सन् २०१७ मा सुरु गर्नु भएको थियो । समाजिक सन्जालको प्रयोग गरिरहँदा वर्षाले उद्यमी गेरी भिको मोटिभेसनल भिडियो हेरेपछि वर्षाले क्याफेको विज्ञापनको लागी सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्नु भएको थियो ।
ओप्पाज क्याफे सुरु गर्दा ६ महिना क्याफे नचलेको कारण उहाँहरुको लगानी नै डुबेको थियो त्यस पछि एक दिन मंगलबजार घुम्दै गर्दा बच्चाहरुले सडकमा चिया बेचिरहेको देखे पछि सडकमा कफि बेच्दा निकै फाइदा हुने कुरा उहाँहरुले अनुमान लगर्नुभयो ।

क्याफेको व्यापारमा वृदि गर्नको लागी सडकमा कफी बेच्ने उपाय उहाँहरुले अपनाउनुभएको थियो । यदि ११/१२ वर्षको बच्चाहरुले आफ्नो आमा बुवालाई आर्थिक सहयोग गर्नको लागी सडकमा चिया बेच्न सक्छन् भने हामीले किन नहुने भन्ने सोच उहाँहरुमा आएको थियो । सुरुवातमा असहज महसुस भए पनि पछि उहाँहरुलाई सहज महसुस हुँदै गयो ।

महिला व्यवसायी प्रति नेपाली समाजको नकारात्मक सोच र कमेन्टहरुलाई वर्षा वास्ता गर्नुहुन्न । नेपालका उद्यमी र नयाँ बिजनेस सुरु गर्ने सोँच भएको युवाहरुको लागी वर्षा र सुरज रन्जितकार उदाहरण बन्नु भएको छ । नयाँ बिजनेस सुरु गर्ने युवाहरुलाई धैर्यतासाथ आफ्नो बिजनेजलाई निरन्तरता दिन र बिजनेस एक्पेरिमेन्ट गर्न नडराउन वर्षा सुझाब दिनुहुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button