समाचारसूचना प्रविधि

क्रेडिट कार्ड किन उपयोगी ? जान्नु पर्ने कुराहरु

Gobal IME Bank

काठमाडौँ । नेपालमा आजकाल इ.एम.आई को ट्रेण्ड चलिरहेको छ । टिभी, ग्याजेट, लुगा जस्ता धेरै कुराहरु इ एम आई मार्फत लिन सकिन्छ । यो इ.एम.आई फेसिलिटि लिनको लागि हामीलाई क्रेडिट कार्डको आवश्यकता पर्छ ।

डेबिट कार्ड प्राय हामी सबै सँग हुन्छ तर नेपालमा क्रेडिट कार्डको प्रयोग कसरी गर्ने भन्ने कुरा बारे धेरैमा जिज्ञासा रहेको छ । क्रेडिट कार्डको प्रयोग कसरी गर्ने जान्नु होस् । बैंक अकाउन्ट खोले पछि बैंकले हामीलाई क्रेडिट कार्ड दिन्छ र हामीले हाम्रो बैंक अकाउन्टमा भएको रकमको प्रयोग क्रेडिट कार्डको प्रयोग गरेर गर्न सक्छौ ।

क्रेडिट कार्ड डेबिट कार्ड भन्दा केही फरक हुन्छ क्रेडिट कार्डको प्रयोग हामीले हाम्रो बैंक अकाउन्टमा रकम नभए पनि प्रयोग गर्न मिल्छ । डेबिट कार्ड जो कोहीले पनि लिन सक्छ तर क्रेडिट कार्ड बनाउनको लागि हामीले बैंकलाई आफ्नो आयको डिटेल, पेशाको डिटेल, नागरिकताको फोटोकपी, लाइसेन्सको फोटो कपी , लालपुर्जाको फोटोकपी र हामीहरुको लोनको बारेमा जानकारी दिनु पर्छ ।

किनभने बैंकले हामीलाई क्रेडिट कार्ड उपलब्ध गराउनु भनेको बैंकले हामीलाई बिना धितो लोन दिएको जस्तो हो त्यसैले बैंकले हामीले क्रेडिट कार्डको लोन तिर्न सक्ने क्षमताको बारेमा जानकारी प्राप्त गरिसके पछि मात्र हामीलाई क्रेडिट कार्ड दिन्छ । क्रडिट कार्डमा बैंकले कस्टुमरको आय अनुसार फाइन्यान्सियल ट्रानज्याक्सनको लागी रकम उपलब्ध गराउँछ ।

क्रेडिट कार्डको फाइदाहरु के के हुन् ?
क्रेडिट कार्डको पहिलो फाइदा भनेको हामीलाई आवश्यकता परेको समयमा क्रेडिट कार्डको प्रयोग गरी तोकिएको रकम चलाउन सक्छौ ।

हाम्रो बैंक अकाउन्टमा रकम नभएको खण्डमा हामीले क्रेडिट कार्डको प्रयोग गरी रकम निकाल्न र प्रयोग गर्न सक्छौ ।

इन्सटलमेन्टमा कुनै सामान लिनु पर्ने छ भने पनि हामीले क्रेडिट कार्डको प्रयोग गर्न सक्छौ । हामीले रकमको प्रयोग गरेको ४५ दिन सम्मको लागि क्रेडिट पाउछौ त्यति समय भित्र हामी प्रयोग गरेको रकम बैंकलाई तिर्नु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button