अन्यसमाचार

‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट

Gobal IME Bank

Daraz Online Shopping

काठमाडौं । अनलाइन सपिङ साइट दराजले दराज दशैं धमाका ल्याएको छ । यो सेल २९ देखि असोज १३ सम्म चल्नेछ । अभियान अन्तर्गत उपभोक्ताले ६० प्रतिशतसम्मको छुट भएको मेगा डिल्स, दशैं दक्षिणा, मिस्ट्री बक्स, कलेक्टिबल भौचरहरु, गेम जोन तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोलि आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ । दशैं को उपलक्षमा दराज ले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी जित्ने मौका पाउनेछन । लक्की ड्र मा भाग लिन उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीच मा दराज मा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् ।

उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरु नविल बैंक, स्टान्डर्ड चार्चर्ड बैंक, मेगा बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशियाका डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २०% अथवा २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अनलाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । दराजले दशैमा टप ब्रान्डहरुमा दामी डिल्स् अफर पनि ल्याएको छ । यस अभियान मा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये TVS, Xiaomi, Samsung, Vianet, Samsara Holidays, Huawei, Sony, LG, Home Glory, Adidas, Vans, Sonam Gears, Mantra, Bishesh Creations, Lego, Technic, Juas, Rangoli and Aamayra Fashion House पर्दछन् । यी सबै ब्राण्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ । दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरु मध्ये सम्सारा को बालि, दुबई, इजिप्ट का होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै TVS NTORQ Scooters, Hitachi 43” Smart TVs, Vianet packages, MI Phones, Mantra Nepal Travelling Guitar, Sonam Gears, Adidas का उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराज मा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँ को उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियगो गाडी लिएर आएको छ ।

goodnewsKhabar

Daraz Online Shopping

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button