Saturday , 19 June 2021

जिल्ला खेलकूद विकासकाे नौ महिनापछि ताला खुल्यो -GoodNews24

सप्तरी ।  जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो ।

ताला खुलेपछि आजबाट कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताउनुभयो । अध्यक्षमा अमर खवासको मनोनयनसँगै अध्यक्ष वा कोषाध्यक्षमध्ये कसको नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष बर्माको नेतृत्वमा कोषाध्यक्ष चौधरीसहित सदस्यले गत जेठ ७ गते कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गर्नुभएको थियो । अध्यक्ष खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्य, कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नुपर्ने पक्षमा छन् ।

ताला खोलेलगत्तै कोषाध्यक्ष चौधरीले एक विज्ञप्ति जारी गरी आफूहरुले राख्दै आएको तीन बुँदे माग सात दिनभित्र सम्बोधन नभए थप सशक्त कार्यक्रम गर्ने चेतावनी दिनुभएको छ । अध्यक्ष खवासबाहेक समितिका अन्य पदाधिकारीले आर्थिक वर्ष २०७२÷७३ देखिको आयव्ययको हिसाब, कोषाध्यक्षको नाममा खाता सञ्चालन र कार्यालय प्रमुखको सरुवाको माग राख्दै आएका छन् ।

अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउँदै आउनुभएको छ । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आउनुभएको छ । खेलकूद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ ।

कार्यालय प्रमुख भुजेलले आफू दुई वर्षअघि प्रमुख भएर आएकाले त्यसअघिको लेखा परीक्षण भइसकेको हिसाबबारे चार वर्षदेखि समितिमा रहनुभएका पदाधिकारी नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । समितिका पदाधिकारीले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको केही दिनपछि कर्मचारीले समेत समितिको कोठामा ताला लगाएका थिए । तालाबन्दीका कारण विगत नौ महिनादेखि खेलकूद गतिविधि पूर्ण प्रभावित बनेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle