मनोरञ्जनसमाचार

अमेरिकन आइडलमा बब मार्ली बन्दै दिवेश – GoodNews24

Gobal IME Bank

अमेरिकन आइडलमा गित गाउन पुगेका नेपाली दिवेश पोखरेलले अहिले सामाजिक संजाल लगायत अमेरिकन आइडलमै पनि धमाका मच्चाइ रहेका छन् । उनले अमेरिकन आइडलमा अर्को धमाकेदार प्रस्तुती दिएका छन् । एकपछि अर्को प्रस्तुतिले आफुलाई अब्बल साबित गरेका उनको आवाजले निर्णायक र उपस्थित दर्शकहरुको मन जित्न समेत सफल भएको छ । कला र गलाले जहाँ गए पनि स्थान पाउँछ र यसको कुनै सीमा हुँदैन भन्ने कुरालाई उनले सार्थक बनाइदिएका छन्। एक नेपाली युवा दिवेश पोखरेलले अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा अहिले जज बाट बब मार्लीको संज्ञा पाएका छन् जुन कुरा हामी नेपालीहरुको लागि गौरवको कुरा हो ।

आफै लेख्ने र गाउने समेत गरेका दिवेश पोखरेलले आफु संगर्माथाको देश नेपाल बाट भएको बताएका छन् । अमेरिकन आइडलको अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेका दिवेशले अन्य प्रतिस्पर्धीलाई सगरमाथाको देश नेपालबाट आएको भन्दै आफ्नो परिचय दिएका छन्।

उनि आफ्नो दमदार प्रस्तुतिको लागि स्टेजमा जाँदै गर्दा उनलाई निर्णायक र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेका छन्। सुरुमै उनले नेपाली अभिवादन ‘नमस्ते’ गरे पश्चात पछाडि बसेकी नेपाली महिला दर्शकले उत्साहित भावमा नमस्ते फ़र्काउदा निर्णायकहरुले पछाडि फर्किएर हेरेका छन्। ‘हार्ड टु ह्यान्डल’ बोलको गीत गितार बजाउँदै दमदार रुपमा निर्णायकहरु नै आश्चर्यमा पर्ने गरि दिवेशले गाएपछि उभिएर उनलाई ताली ले सम्मान गरेका छन् । गीत सकिएपछि दर्शक हरुले फेरि गित गाउन भन्दै आग्रह गर्छन ।

उनको दमदार प्रस्तुति बाट निर्णायकहरुले विश्वचर्चित गायक बब मार्लीको झल्को दिलाएको भन्दै मुक्त कण्ठले उनको प्रशंसा गरेका छन्। उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरु थप उत्साहित भएका छन्। हलिवुडका लोकप्रिय गायिकाहरु केटी पेरी, लुक ब्रायन र लियोनल रिचेले समेत दिवेशलाइ शुभकामना दिएका छन्। अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतीलाई जजसमेत रहेकी लोकप्रिय गायिका केटि पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् ।

 निर्णायक लुक ब्रायनले समेत दिवेशलाई प्रतिभाशाली कलाकार भनेर तारिफ गरेका थिए। दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँचवर्षदेखि बस्दै आएका छन्।उनि अमेरिकन आइडल लगायत सामाजिक संजालमा चौतर्फी भएको आफ्नो प्रशंसाबाट एकदम उत्साहित भएको पनि बताएका छन् ।

 

यो पनि पढ्नुहोस् …

[irp posts=”3194″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button