काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन श्रावण ३० गते मंगलबारदेखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ ।
यस प्रतियोगितामा दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।
आयोजकले केही महिनापछि शोको प्रसारण सुरु हुने जानकारी दिएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम संचालन हुन लागेको हो ।