मुख्य समाचारसमाचार
ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधनको प्रस्ताव
काठमाडौं । प्रत्येक ५/५ वर्षमा सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण गर्नुपर्ने व्यवस्था अब परिमार्जित हुन लागेको छ । सरकारले ड्राइभिङ लाइसेन्सलाई अब १० वर्षमा मात्रै नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नुनपर्ने गरी प्रस्ताव गरिएको छ ।
अहिले भने नेपालमा ५र५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।