अन्यसमाचार

आपत्कालीन सहायक सामग्री हस्तान्तरण -GoodNews24

Gobal IME Bank

धादिङबेसी । ह्याण्डिक्याप इन्टरनेशनल (एचआइ) र अपाङ्ग कल्याण सङ्घको साझेदारीमा सञ्चालित परियोजनाले जिल्ला अस्पताललाई आपत्कालीन फिजियोथेरापी तथा पुनःस्थापना सम्बन्धित सहायक सामग्री हस्तान्तरण गरेको छ ।
विभिन्न १५ किसिमका ५७ वटा सामग्री बुधबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीमा ह्वीलचियर, ट्वाइलेट चियर र प्यासेन्ट ट्रान्सफर बोर्डलगायतका रहेका छन् ।
एचआइका परियोजना संयोजक महेन्द्रविक्रम शाहले विपद्को अवस्थामा फिजियोथेरापी तथा पुनःस्थापना सम्बन्धित सहायक सामग्री अस्पताललाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलालले विपत् पूर्वतयारीको रुपमा अस्पतालले पुनःस्थापना सामग्रीलाई सही ढङ्गले भण्डारण गर्नेे जानकारी दिनुभयो ।
अपाङ्ग कल्याण सङ्घका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धमला, नगरपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले विपद् पूर्व तयारीमा ध्यान दिन जोड दिनुभएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button