शिक्षा स्वास्थसमाचार

किन फरफराउछ आँखा ?

Eye Twitching

Gobal IME Bank

काठमाडौँ आँखा आम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो, यो अंगको कारण हामी संसारलाई देख्न सक्छौँ । मानव शरीरमा दुई आँखा हुन्छन् । यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्छ।

यो सिग्नललाई अप्टिक स्नायु मस्तिष्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। तर, कहिलेकाहिँ आँखाले आश्चर्यरुपमा पनि काम गर्ने गर्छ। जसलाई सामान्य भाषामा आँखा फर्फराउने भन्ने गरिन्छ। यसमा, आँखा वरपरका मांसपेशीहरू स्वचालित रूपमा संकुचित हुन्छन्, जसले यो समस्यालाई निम्त्याउँछ। तर, आँखा फर्फराउनुले कुनै किसिमको हानी गर्दैन।

आँखा फर्फराउने समस्या केहि घण्टा वा केहि समयको लागि हुन्छ। तर, कोहि कोहि व्यक्तिमा यो समस्या केहि दिन वा महिनौँसम्म पनि हुन सक्छ। यसलाई वेवास्ता गर्नु ठिक हुदैन। सामान्यतया यो समस्या आँखाको तल्लो परेलामा हुने गर्दछ। तर, कहिलेकाहिँ माथिल्लो परेलामा पनि हुन सक्छ।

आँखा फरफराउनुको प्रमुख कारण

आखाँ फरफराउनुका कारण हालसम्म पत्ता लागेको छैन। चिकित्साबिद्हरुको भनाईअनुसार संभावित कारणहरुमा निम्न लिखित कारणहरु हुन सक्छन्ः

१। आखाँको थकान
धेरै टिभी हेर्दा, दिनभरी कमप्युटर, ल्यापटपमा ,काम गर्दा मोबाईलमा गेम खेल्दा, वा स्क्रिनमा लामोसमय हेर्दा, विषेशगरी आखाँमा बढी दबाब पर्ने भएकोले आखाँ फरफराउने समस्या देखा पर्न सक्छ ।

२। मानसिक तनाव
हामी सबैलाई धेरै थोरै केहि न केहि तनावले सताईरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले बिभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्दछ । आखाँ फरफराउनु पनि शरिरले दिने एक किसिमको प्रतिक्रिया नै हो । विषेशगरी दृष्टि सम्बन्धी समस्या जस्तै९ आधा टाउँको दुख्नु ९माइग्रेन० कमजोर दृष्टी हुनेहरुको आखाँ बढी फरफराउने गर्दछ ।

३। आखाँमा दबाव
धेरैबेरसम्म कुनै वस्तुलाई लगातार टक लगाएर हेरिरहँदा पनि आँखामा बढि दवाब पर्न जान्छ र आँखाका फेरिमांसपेशीहरु एक्टिभ गर्नको
लागि पनि आखाँ फरफराउने गर्दछ ।

४।चस्मा लगाउन छोड्दा
यदि तपाई लामोसमय देखि प्लसर माईन्स भएको पावरवाला चश्मा लगाउनु हुन्छ र एक्कासी चश्मालागाउन छोड्नुभयो भनेपनि आखाँ फरफराउने समस्या हुन्छ ।

५। मद्यपान
अत्याधिक मदिरापान तथा लागुपदार्थको सेवनले पनि आँखा फरफराउने समस्या हुने गर्छ ।

६। आँखा सुख्खा हुनु,
कन्टयाक्ट लेन्सको प्रयोग गर्ने तथा बृद्ध–बृद्धाहरुको आखाँ सुख्खा ९ड्राई० भएर चिप्रा ९कचेरा० आउने, बिहान उठ्दा आखाँ टालिने यस किसिमको अवस्थामा पनि आँखा फरफराउने समस्या देखा पदर्छ ।

७। खानपान
आफ्नो खानपानमा शरिरलाई चाहिने विषेश प्रकारका पौष्टिकतत्वहरु जस्तै मेग्नेशियम, जिकंको अभाव भएमा परेलामा कम्पन हुन्छ र आँखा फरफराउने समस्या हुन्छ ।

८। एलर्जी
कसै कसैलाई धुलो, धुवाँ तथा चर्को घाम ९प्रकाश० बाट पनि आँखाको एलर्जी हुने गर्दछ । आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने पनि हुन्छ । यही एलर्जीको कारणले गर्दा पनि शरिरले देखाउने प्रतिक्रियाको रुपमा आँखा फरफराउने गर्दछ ।

९। अनिद्रा
राती अबेरसम्म कुनै कारण वस निदाउन नपाउँदा अथवा निन्द्रा नलाग्ने समस्या छ भने पनि बिहानको बेला आँखा फरफराउने गर्छ ।

१०। वंशानुगत
परिवारमा कसैलाई आँखा फरफरफराउने समस्या छभने घरका अन्य सदस्यहरुलाई पनि यो समस्या हुने बढि संभावना रहन्छ ।

उपचार विधि

प्रायः आँखा फर्फराएमा कुनै उपचारको गर्नु पर्दैन । यो आफैमा ठिक हुने समस्या हो । तैपनि केही कुरामा ध्यान दिएमा यो समस्या समाधान हुनसक्छ ।

१। तनाव कम गर्ने

२। निन्द्रा पुरा गर्ने

३। आँखालाई तातोले सेक्ने

४। आँखाको मसाज गर्ने

५। कृत्रिम आँशुको प्रयोग गर्ने

६। रक्सी, चुरोट तथा क्याफिनको सेवन कम गर्ने

१। आँखा रातो भएर सुन्निनु

२। आँखाको ढकनी झर्नु

३। धेरै समय सम्म पनि आखा फरफराईरहनु

४। अनुहारको अरु भागहरु पनि संलग्न हुनु ।

के गर्ने

पूर्णरुपले आराम गर्ने । तनाव वा चिन्ता नलिने । हल्का किसिमले आँखाको लिडलाई सफा गर्ने । आँखाको तनाव लाई कम गर्न सनग्लास ९चश्मा० लगाउने । मस्तसंग निदाउने । आखाँ सुख्खा ९ड्राई० छ भने चिप्लो पार्ने आईड्रप ९आँखामा हाल्ने झोलऔषधि० चिकित्सकको सल्लाहमा हाल्ने ।

काँक्रो, आलुको पातलो मसिनो गोलोआकारमा चाना बनाइ प्रभावित आँखामाथि केहि बेर राख्ने । आखाँमा आईड्रप हाले जस्तै गुलाव जलको केहि थोपा हाल्ने । यसले आँखा सफा गर्नमा मद्दत पुराउछ । बिहान–बेलुकी मुखधुँदा आँखामा पानी छ्याप्ने ९धुने० ।

के नगर्ने

आँखालाई माड्नु हुँदैन । आखाँको सुरक्षाका उपायहरुलाई फलो गर्ने । आखाँको व्यायम गर्ने । योग, ध्यान आदि गर्नलेपनि यसमा फाईदा हुन्छ । आँखा धेरै नै फरफराई रहेको छ भने चिकित्सकको परामर्श लिने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button