मनोरञ्जनमुख्य समाचारसमाचार

फुटबल संग्रामः अल-नासरमा अनुबन्ध भएपछि पहिलो पटक आज रोनाल्डो र मेस्सी भिड्दै

Gobal IME Bank

काठमाडौं । आज पहिलो पटक क्रिस्टियानो रोनाल्डो अल-नासरमा अनुबन्ध भएपछि लियोनल मेस्सी टिम पेरिस सेन्ट जर्मेन (पिएसजी) संग आमने सामने हुने भएको छ । आज हुन लागेको मैत्रीपूर्ण खेलमा सहभागी हुन पीएसजी साउदी अरेबियामा आएको छ ।
खेल किंग फद अन्तराष्ट्रिय रंगशालामा हुने भएको छ । नेपाली समय अनुसार खेल राति पौने ११ बजे सुरु हुनेछ ।

आजको खेलमा अल-नासर क्लबको कप्तानी रोनाल्डोले गर्दैछन्। पीएसजीले हालसम्म टिम फर्मेसनको बारेमा नखुलाएपनि सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरहरलाई हेर्दा मेस्सी, केलियन एमबाप्पे र सर्जियो र्यामोस मैदान आउने अनुमान गर्न सकिन्छ ।

अल-नासरले पोचुर्गिज स्टार रोनाल्डोलाई कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको हो ।

त्यसो त फुटबल जगतमा रोनाल्डो र मेस्सीलाई सबैभन्दा ठुला खेलाडीको रुपमा लिइन्छ । आजको खेल हेर्नको लागि रोनाल्डो र मेस्सीका नेपाली समर्थकहरु धेरै नै उत्साहित भएको देखिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button