समाचार

दैनिक ज्याला मजदुरी गर्ने ५० परिवारलाई ६ हजारका दरले सहयोग गर्ने – GoodNews24

Gobal IME Bank

काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल वुद्धनगर काठमाडौंमा बस्ने इन्जिनियर दम्पत्ति मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले अति विपन्न ५० परिवारलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

कोरोना भाइरसको कारण मुलुक नै लकडाउनमा गएपछि दैनिक ज्याला मजदुरी गरेर जीवन धान्नेहरुलाई कठिन हुने देखिएपछि उनीहरुलाई दैनिक चलाउन सहयोग परोस् भन्ने उद्देश्यले जनही ६ हजारका दरले सहयोग गर्ने घोषणा भएको छ ।  काठमााडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरे बाँच्नेहरुले काम नपाउने र गाँस बासकै समस्या हुने स्थिति आएको  र सामान्य चामलको खाना र दाल वा गेडागुडी खाँदा एउटा सानो परिवारलाई दैनिक २ सय रुपैयाँले पुग्ने भन्दै उहाँले एक महिनालाई पुग्ने गरी प्रति परिवार ६ हजारका दरले ५० परिवारलाई कुल ३ लाख रुपैयाँ सहयोग गर्न लागेको  फेसबुक पोष्टबाट जानकारी गर्नु भएको छ ।

सहयोग लिन भने जुन घर वा टहरामा बसेको हो, उक्त घरको घरबेटीको मौखिक सिफारिस र फोन नम्बर आवश्यक रहने साथै घरबेटीले सिफारिस गरेको व्यक्तिलाई मात्रै उक्त सहयोग जाने र एउटै परिवारले दोहोरो सहयोग नपाउने पनि उहाँले जानकारी गराउनु भएको छ  ।

सम्पर्कको लागी :
मो. न.: 9851061837 मंगलाल श्रेष्ठ, 9851122955, रुक्मिणी श्रेष्ठ

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button