समाचारसूचना प्रविधि

आफ्नो गुगल अकाउन्ट कसरी सुरक्षित राख्ने ?

Gobal IME Bank

काठमाडौँ । हाम्रो पढाई र कामहरुको महत्वपुर्ण डक्युमेन्टहरु, फाइल, फोटो र भिडियो इत्यादि हामी सबैले आफ्नो गुगल अकाउन्टमा सुरक्षित र कतै नहराउन वा खोजि राख्नु पर्ने झन्झट्बाट बच्नको लागि सेभ गरि राखेको हुन्छौ । हाम्रो गुगल अकाउन्ट अरु कसैले चलाएमा पक्कै पनि हामीलाई मन पर्दैन त्यसैले हामीले आफ्नो गुगल अकाउन्ट सुरक्षित गर्नको लागि २ तरिका अपनाउन सक्छौ ।

हाम्रो गुगल अकाउन्टमा बैंक स्टेटमेन्ट र पर्सनल डक्युमेन्ट र सोसल मिडियाको पासवर्ड सम्म हामीले आफ्नो गुगल अकाउन्टमा सेभ गरेर राखेको हुन्छौ ।यदि कसैले हाम्रो गुगल अकाउन्ट कुनै माध्यमबाट खोल्न सफल भने उनीहरुलाई हाम्रो धेरै पर्सनल र महत्वपुर्ण कुराहरुको जानकारी प्राप्त गर्नको लागि सजिलो हुन्छ ।

ह्याकरले हाम्रो गुगल अकाउन्ट ह्याक गर्ला भन्ने डरका साथ बस्नुको सट्टा १० मिनेट आफ्नो गुगल अकाउन्ट सुरक्षित बनाउनको लागि लिनुहोस् र यी विधिहरु अपनाएर गुगल अकाउन्ट सुरक्षित गर्नुहोस्ः

१) बलियो पासवर्डको प्रयोग गर्ने
हामी सजिलोको लागि पासवर्ड पनि सजिलो र सरल खालको राख्ने गर्छौ र त्यही पासवर्ड हामी हरेक सोसल मिडियाको लागि पनि प्रयोग गर्ने गर्छौ । यसो गर्दा हामी आफै नै आफ्नो गुगल अकाउन्ट ह्याक गर्न सजिलो बनाई रहेको हुन्छौ । यसको लागि कसैले सिर्फ हाम्रो एउटा मात्र अकाउन्ट ह्याक गरे पुग्छ । यति भए पछि ह्याकरले हाम्रो सबै अकाउन्टमा पहुँच पाउँछ । गुगल र सबै सोसल मिडिया, एप हरुमा फरक फरक पासवर्ड राख्ने युनिक खालको पासवर्ड राख्ने । यसको लागि पासवर्ड म्यानेजरको पनि प्रयोग गर्न सकिन्छ । गुगल अकाउन्टको पासवर्ड परिवर्तन गर्नको लागि गुगल अकाउन्ट सिक्युरिटि पेजमा जाने , गुगल अकाउन्टमा साइन इन गर्ने र पासवर्डमा क्लिक गर्ने । पासवर्डलाई भेरिफाइ गर्ने र चेन्ज पासवर्डमा क्लिक गरेर नयाँ पासवर्ड राख्ने ।

२) टु स्टेप भेरिफिकेसन गर्ने
टु स्टेप भेरिफिकेसन (Two Step Verification) जसलाई टु फ्याक्टर अथेन्टिकेसन पनि भनिन्छ यो सिक्युरिटि स्टेप हाम्रो गुगल अकाउन्टमा अन गरेर राखेको छैनौँ भने ह्याकरले सजिलै गुगल अकाउन्ट र युट्युब, बैंक डिटेल र इ सेवा जस्ता महत्वपुर्ण एपमा पहुँच पाउन सक्छ । त्यसैले गुगल अकाउन्ट सिक्युरिटि पेजमा जाने र टु स्टेप भेरिफिकेसनमा क्लिन गर्ने र यसलाई अन गर्ने । यसो गर्दा यदि कसैले हाम्रो गुगल अकाउन्ट ह्याक गर्न प्रयास गर्दा पासवर्ड वा ६ वटा डिजिट भएको पासकोडको आवश्यकता पर्ने छ जुन हाम्रो मोबाइलमा हुन्छ र ह्याकरले सजिलै हाम्रो मोबाइल पाउदैन यसकारणले गर्दा हाम्रो अकाउन्ट ह्याक हुन पाउदैन । यदि कसैले ल्यापटप वा कम्प्युटरको माध्यमबाट हाम्रो गुगल अकाउन्ट खोल्न खोज्दा हाम्रो मोबाइलमा नोटिफिकेसन आउँछ किनभने हामीले हाम्रो गुगल अकाउन्टमा टु स्टेप भेरिफिकेसन अन गरेको हुनेछौ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button