मुख्य समाचारसमाचार

हरि बुढामगरलाई विमानस्थलमा मगर समुदायले गरे झाँकीसहित भव्य स्वागत

Gobal IME Bank
काठमाडौँ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढामगरलाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित स्वागत गर्नुभएको हो ।
भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरि बुढामगरले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाइ दिनुभयो ।
“हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”
सो अवसरमा आरोही बुढामगरले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button