गुड न्यूज 24समाचार

जाडोमा हिटर ताप्दै हुनुहुन्छ ? ध्यान दिनुपर्ने कुराहरु पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

heater

जाडो महिना लागे संगै चिसो बढ्दै गइरहेको छ  । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । जाडोबाट बच्नका लागि  साथै चिसोबाट बच्न अन्य धेरै प्रकारका ताप दिने उपकरण तथा सामान प्रयोग गर्छन । धेरै मानिसहरु न्यानोका लागि ब्लोवर (तातो हावा फाल्ने उपकरण ) तथा हिटरको प्रयोग गर्ने गर्छन् । यद्यपि यसले मानिसको छालामा पार्ने असरको विषयमा भने उनीहरु अनविज्ञ हुन्छन् । हिटर बाल्दा ध्यान नदिदा आगोलागी भएका र मानिसको मृत्युसमेत भएका घटनाहरु घट्ने गर्छन । त्यसैले हिटर वा ब्लोअर चलाउँदा आफ्नो र परिवारको स्वास्थ्यको ध्यान दिनु जरुरी हुन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु राम्रो हुन्छ ।

१) हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता सजिलै जल्न सक्ने सामग्रीहरु राख्नु हुँदैन ।

२) मानिसको आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ ।

३) हिटरलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।

४) हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर बाल्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै नकारात्मक असर पार्छ । सुत्न अघि हिटर अन गर्नुहुँदैन । हिटर बन्द गरेर मात्र सुत्नुपर्छ  । हिटर बालेर सुत्दा मानिसको ज्यान नै  जान सक्छ ।

५) मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले एयर ब्लोयरको प्रयोग गर्नुहुँदैन ।

६) छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्दा छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा बनाउछ ।

७) यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुन केही कम गर्न सक्छ ।

८) रात भरि हिटर बालेर सुत्नु हुदैन ।

९) हिटरको बिकल्पमा न्यानो कपडा लगाउने र न्यानो भइराख्ने र झ्यालमा बाक्लो पर्दा प्रयोग गर्ने ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button