अन्यसमाचार

कामदार भिसामा अमेरिका जान आवेदन दिन सकिने – GoodNews24

Gobal IME Bank

काठमाडौ । अब कामदार भिसामा पनि अमेरिका जान सकिने भएको छ । कामदार भिसा मार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ अर्थात आइतबारबाट आवेदन खुलाउँदैछ । युएससीआईएसको सुचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ ।  युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो । यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।

जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ । आँफु छनौंट भएको वा नभएको यकिन गर्न नतिजा मार्च ३१ मै हेर्न सकिने छ ।

छनौट भएका अवेदकहरुले एचवान बी भिसाका लागि प्रकृया अगाडि बढाउन सक्ने र तोकिएका सबै प्रकृया पूरा गरेको खण्डमा अमेरिकाले भिसा दिने बताइएको छ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो प्रकृया अघि बढाइएको सुचनामा उल्लेख गरिएको छ । अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुकाे लागि पहिलोपटक अनलाइनमार्फत रजिस्ट्रेशन दिन लागेको हो।

याे पटक ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा खुलाइएको छ । त्यस्तैगरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा खुलाइएको छ । यद्यपि अमेरिकामै मास्टर्स डिग्री गरेकाहरु पनि ६५ हजारको कोटामा आवेदन दिनसक्ने सुचित गरिएको छ ।

अन्य जानकारीका लागि यहाँ थिच्नुहोस्

https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3875″]

[irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4991″] [irp posts=”3399″] [irp posts=”4224″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button