गुड न्यूज 24मुख्य समाचारसमाचार
अब ‘केएमसी’ एपबाटै मेयर बालेनसँग एप्वाइन्टमेन्ट लिन सकिने, अरु के-के छन् सुविधा ?
काठमाडौं । सेवाप्रवाह सुधारका लागि भन्दै काठमाडौं महानगरपालिकाले ‘केएमसी’ मोबाइल एप लन्च गरेको छ । महानगरका मेयर बालेन्द्र साहले आज सो मोबाइल एपको लन्च गर्नुभएको हो । यस एपबाट मेयर साहसँग सिधै एप्वाइन्टमेन्ट लिन सकिने छ ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।
त्यस्तै एपबाट ३० भन्दा बढी प्रकार सिफारिसहरु अनलाइन राजस्व,नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू तथा अन्य सुविधाहरुका बारेमा सेवा लिन पाइनेछ ।
हाललाई यो मोबाइल एप बेटा टेस्टिङ भर्जनमा रहेको छ ।
यस एप मार्फत हाललाई:
- नागरिकता सम्बन्धी सिफारिस ,
- घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
- जग्गा मुल्यांकन सिफारिस,
- घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
- घर कायम सिफारिस,
- सम्पत्ति कर चुक्ता सिफारिस,
- अस्थायी बसोबास सिफारिस,
- स्थायी बसोबास सिफारिस,
- बिद्युत जडान सिफारिस,
- धारा जडान सिफारिस,
- आन्तरिक बसाइसराइ सिफारिस,
- कोठा खालि गर्ने सिफारिस,
- जन्म मिति प्रमाणित,
- अविवाहित प्रमाणित,
- नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
- अदालत शुल्क मिनाहा सिफारिस,
- बैंक खाता बन्द गर्ने सिफारिस,
- ब्यवसाय बन्द सिफारिस,
- संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
- अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
- बिपन्न नागरिक औषधी उपचार सिफारिस,
- ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ ।