गुड न्यूज 24मुख्य समाचारसमाचार

अब ‘केएमसी’ एपबाटै मेयर बालेनसँग एप्वाइन्टमेन्ट लिन सकिने, अरु के-के छन् सुविधा ?

Gobal IME Bank
file photo

काठमाडौं । सेवाप्रवाह सुधारका लागि भन्दै काठमाडौं महानगरपालिकाले ‘केएमसी’ मोबाइल एप लन्च गरेको छ । महानगरका मेयर बालेन्द्र साहले आज सो मोबाइल एपको लन्च गर्नुभएको हो । यस एपबाट मेयर साहसँग सिधै एप्वाइन्टमेन्ट लिन सकिने छ ।

यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।

त्यस्तै एपबाट ३० भन्दा बढी प्रकार सिफारिसहरु अनलाइन राजस्व,नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू तथा अन्य सुविधाहरुका बारेमा सेवा लिन पाइनेछ ।

हाललाई यो मोबाइल एप बेटा टेस्टिङ भर्जनमा रहेको छ ।

यस एप मार्फत हाललाई: 

  • नागरिकता सम्बन्धी सिफारिस ,
  • घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
  • जग्गा मुल्यांकन सिफारिस,
  • घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
  • घर कायम सिफारिस,
  • सम्पत्ति कर चुक्ता सिफारिस,
  • अस्थायी बसोबास सिफारिस,
  •  स्थायी बसोबास सिफारिस,
  • बिद्युत जडान सिफारिस,
  • धारा जडान सिफारिस,
  • आन्तरिक बसाइसराइ सिफारिस,
  • कोठा खालि गर्ने सिफारिस,
  • जन्म मिति प्रमाणित,
  • अविवाहित प्रमाणित,
  • नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
  • अदालत शुल्क मिनाहा सिफारिस,
  • बैंक खाता बन्द गर्ने सिफारिस,
  • ब्यवसाय बन्द सिफारिस,
  • संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
  • अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
  • बिपन्न नागरिक औषधी उपचार सिफारिस,
  • ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button