मुख्य समाचारसमाचार
खानेपानी मन्त्रीद्वारा मेलम्ची खानेपानीको मुहान अवलोकन, १२ दिनभित्र काठमाडौंमा पानी आउने
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न खानेपानी मन्त्री उमाकान्त चौधरी मुहानस्थल अम्बाथान पुग्नुभएको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरी पानीको मुहानको अवलोकन गर्न आज मुहानस्थल अम्बाथान नै पुग्नुभएको हो । गत जेठ दोस्रो सातादेखि मेलम्चीको पानी बन्द गरिएको थियो ।
तर सोमबारदेखि सुरुङमा पुनः पानी हालिएको छ ।
मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरका अनुसार पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्नेछ ।