अन्यमनोरञ्जनसमाचार

Makeup का स्टेपहरु ,यसरी सुन्दर देखिनुहोस् – Goodnews24

Gobal IME Bank

सुन्दर हुन र सुन्दर देखिन कसलाई मन लाग्दैन र मेकअप महिलाहरुको लागि एकदम महत्वपूर्ण कुरा हो । प्राय जस्तो महिलाहरु दिनहुँ मेकअप गर्न मन पराउछन । मेकअपका पनि अनेक किसिम हुन्छन दैनिक गरिने मेकअप सिम्पल मेकअप हो भने कुनै काम बिशेस पार्टि या कार्यक्रममा गरिने मेकअप स्पेसल मेकअप हो । मेकअप गर्न सिक्नु त्यति सहज छैन जति देखिन्छ । मेकअप पनि एउटा कला हो जो पायो उसैले सहि र राम्रो मेकअप गर्न सक्दैनन् । युटुबमा देखाइएका मेकअप ट्युटोरियलहरुले तपाईलाई दुविधामा पार्न सक्छन । के तपाइलाइ थाहा छ फाउन्डेसन पहिले लगाउने या कन्सिलर ?,आइश्याडो पहिले लगाउने या अन्तमा लगाउने ? यी कुराहरु पहिले लगाउने या नलगाउने यस बारे थाहा नपाउँदा तपाइको मेकअप खराव हुन सक्छ । यदि तपाइँ दैनिक मेकअप गर्नुहुन्छ भने सामान्य मेकअप कसरी गर्ने ,राम्रो मेकअप कसरी गर्ने यस बारेमा हामी तपाइहरुलाइ केहि टिप्स दिन गइरहेका छौ ।

मेकअप गर्दा यी स्टेपहरु फलो गर्नुहोस ।

१।  मस्चराइजर या प्राइमर लगाउनुहोस ।
मस्चराइजर या प्राइमर लगाउनाले तपाइको मेकअप राम्रो हुनुका साथै लामो समय सम्म टिक्छ र मेकअपका सामान प्रयोग गर्दा तपाइको छालामा हुन सक्ने असर पनि कम गर्छ ।त्यसैले मेकअप गर्नु अघि मस्चराइजर या प्राइमर अनिवार्य लगाउनु पर्दछ ।

२ । त्यसपछि आइब्रोको शेप मिलाउनुहोस ।
यो मेकपको दोश्रो स्टेप हो ।आइब्रो बनाउन सामान्यतया अरु मेकअप भन्दा अलि बढि समय लाग्ने गर्छ त्यसैले आइब्रो पहिले मिलाउनु पर्छ । यदि तपाइको आइ ब्रो कम छ भने कालो या खैरो आइ ब्रो पेन्सिलले आफुलाई मन पर्ने आकारमा आइ ब्रो बनाउन सक्नुहुन्छ । यदि तपाइको आइ ब्रो बाक्लो र मिलेको छ भने हल्का पेन्सिलले टच मात्र गर्न सक्नुहुन्छ ।

३ । त्यसपछि फाउन्डेसन लगाउनुहोस ।
फाउन्डेसन प्रयोग गर्दा जहिल्यै फाउन्डेसन ब्रश प्रयोग गर्नुहोस । फाउन्डेसन लगाउन सुरु गर्दा जहिले पनि अनुहारको सेन्टरबाट सुरु गर्नु पर्दछ । त्यसपछि विस्तारै फाउन्डेसन सबैतिर फैलाएर जताततै उस्तै मात्रामा फाउन्डेसन लगाउनुहोस । सबैलाई एउटै किसिमको फाउन्डेसन नमिल्न सक्छ, त्यसैले आफ्नो छालाको कलर अनुसारको फाउन्डेसन रोज्नुहोस यदि फाउन्डेसन तपाइको स्किनमा सुहाउने खालको भएन भने पुरै मेकअप खराव हुन सक्छ ।

४ । कन्सिलरले डार्क सर्कल कभर गर्नुहोस ।
यदि तपाइको फेसमा डार्क सर्कल छ भने कन्सिलर लगाएर त्यसलाई ढाक्नुहोस। डार्क सर्कल भएको ठाउँमा कन्सिलर लगाउनुहोस र ब्रशले मिलाउनुहोस ।

५। आइश्याडो लगाउनुहोस ।
आइ श्याडोका विभिन्न कलर हुन्छन ।  तपाइँ आफुलाई मन पर्ने या आफ्नो ड्रेस संग म्याच गर्ने कलर छानेर आफुलाई मन पर्ने तरिकाले आइ श्याडो लगाउन सक्नुहुन्छ ।

६। त्यसपछि आइश्याडोमा गाजल लगाउनुहोस ।
गाजल लगाउनु भन्दा पहिले आइश्याडो लगाउनु पर्दछ नत्र पछि आइश्याडोले गाजल को आकार बिगार्न सक्छ ।आइ श्याडो लगाई सके पछि त्यसै माथि आफुलाई उचित लाग्ने शेपमा गाजल लगाउनुहोस ।

७ । गालामा ब्लस लगाउनुहोस ।
ब्लस गाला गुलावी या रातो बनाउनको लागि लगाइन्छ । यसले तपाइको अनुहारमा बेग्लै चमक ल्याउँछ । ब्लसको रुपमा फिक्का रातो ओरेन्ज या गुलावी कलर युज गर्ने गरिन्छ । तपाइँ पनि यी मध्य कुनै एक कलर ब्लासको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

८ । हाइ लाइटर लगाउनुहोस ।

९ । कनटोर लगाउनुहोस ।
कनटोर नाकको शेप र गालाको शेप मिलाउनको लागि लगाइन्छ । कनटोर लगाएर तपाइँ आफ्नो नाक र गालाको शेप अनुहारमा सुहाउने ढंगले मिलाउन सक्नुहुन्छ ।

१० । त्यस पछि लिप स्टिक लगाउनुहोस ।
लिप स्टिक प्रयोग गर्नु अघि ओठको शेप मिलाउनको लागि लिप लाइनरले ओठको किनारा कोर्न सक्नुहुन्छ यसले तपाइको लिप लाइ आकर्षक शेप दिन्छ । त्यसपछि आफुलाई मन पर्ने कलरको लिप स्टिक लगाउनुहोस ।

११ ।अब अनुहारमा सेटप पाउडर लगाउनुहोस ।
सेटप पाउडरले तपाइको मेकअप बिग्रिन या बग्न नदिने साथै लामो समय सम्म टिकाउन मद्दत गर्दछ । त्यसैले मेकअपको अन्तमा सेटप पाउडर लगाउन जरुरी हुन्छ ।

१२ । मस्करा लगाउनुहोस ।
मेकपको अन्तमा मस्करा लगाइन्छ । यदि तपाइको आइ ल्याशेस आफ्नै राम्रो छ भने मस्कराले मिलाउदा मात्र पनि राम्रो देखिन्छ तर तपाइको आइ ल्याशेस कम छ भने कृत्रिम आइ ल्याशेस प्रयोग गर्न सक्नुहुन्छ यसले तपाइको पुरै अनुहारलाई एकदम आकर्षक देखाउने र परिवर्तन गराइ दिन्छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”4224″]

[irp posts=”3875″]

[irp posts=”3930″] [irp posts=”4362″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button