मुख्य समाचारसमाचार
निजी मोटरसाइकल चढ्ने मेयर साम्पाङको जवाफ- ‘बाटा भरिको खाल्डा देख्नु र टाल्नु पनि त छ मैले !’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफुले सरकारी सवारी साधन नचढ्ने तर आफ्नै निजी मोटरसाइकल प्रयोग गर्नेबारे स्पष्ट पार्नुभएको छ ।
मेयर साम्पाङले आफुलाई धेरैले एक करोडको सरकारी गाडी हुँदा हुँदै किन आफ्नै पुरानो खटारा मोटरसाइकल चढेको ? भनेर प्रश्न सोध्ने गरेको बताउनुभएको छ । । तर मेयरसाम्पाङले सो प्रश्नको व्यंग्यात्मक जवाफ दिँदै आफ्नो आर्थिक हैषियत त्यति नै भएको र थोरै भए पनि सरकारी पैसा बचाइदिनु छ भन्ने व्यंग्यात्मक अभिव्यक्ती दिनुभएको हो ।
थप्दै मेयर साम्पाङले- ‘बाटा भरिको खाल्डा देख्नु र अनुभव गर्नु र टाल्नु पनि त छ मैले ! भन्नुभएको छ । आफु धरान उपमहानगरपालिकाको मेयर भईसकेपछि पनि मेयर साम्पाङले सरकारी सवारी साधनको बिरलै प्रयोग गर्नुभएको छ । मेयर साम्पाङ आफ्नै निजी मोटरसाइकल चढ्नुहुन्छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्