अन्यगुड न्यूज 24समाचार

मदर टेरेसाका प्रेरणादायी भनाइहरू पढ्नुहोस्। GoodNews24

Gobal IME Bank

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१०  मा अल्बेनियाई परिवारमा भएको हो । मदर टेरेसाको बास्तविक नाम  अगनेस गोंझा बोयाजिजू  हो ।  मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरिब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको सहयोग गरिन ।

मदर टेरेसाका केहि प्रेरणादायी  विचारहरू प्रस्तुत गरिएका छन् ।

– “यदि तपाईं संसार परिवर्तन गर्न चाहानुहुन्छ भने, घर गएर परिवारलाई माया गर्नुहोस्।”

– “यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।”

– “सफलताको लागि तिमी कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।”

– “अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो ।”

– “सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।”

– “प्रगाढ प्रेम मापन गरिदैन , बस दिइन्छ ।”

– “प्रेम हर मौसम मा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ।”

– यदि तिमी मन दुख्दासम्म प्रेम गर्न सक्छौ भने अझै प्रेम गर तिमीले प्रेमको शिवाय केहि भेट्ने छैनौ ।”

– “साना कुराहरुमा वफादार हुनुहोस् किनकि तीनै साना कुराहरुमा तपाईको शक्ति निहित छ ।”

– “जहाँ जाउ प्रेम बाँड ताकि जव कोही तिमी सामु आओस तव प्रफुल्लित अनुहार लिएर आओस ।”

– “हामी सोच्छौ कि हामी जे गर्छौ त्यो समुन्द्रमा थोपा खसाए बराबर हो तर एक एक थोपा निकाल्दा समुन्द्रमा पनि कम हुन्छ ।”

– “सबैले ठुला काम गर्न सकिदैन तर साना काम गर्न सकिन्छ जसले ठुलो खुशी दिन सक्छ ।”

– “दयालु शब्द छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ।”

– “रोटीको भोक भन्दा प्रेमको भोको हटाउन धेरै गाह्रो हुन्छ ।”

– “तिमी सय व्यक्तिलाई खुवाउन सक्दैनौ भने कम्तिमा नि एक व्यक्तिलाई खुवाउ ।”

– “हिजो बितिसक्यो ,भोलि आएकै छैन बस आज मात्र हाम्रो हो सुरुवात आजै गर ।”

– “हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा कहिले पनि थाहा पाउँदैनौं।”

-” प्रेम गर्छु भनेर हुदैन प्रेम व्यवहारमा देखाइनु पर्छ र त्यो व्यवहार नै सेवा हो ।”

– “सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन, र कसैबाट प्रेम नगरिएको महसुस हो।”

– “यदि तिमी मान्छेहरुलाई मुल्यांकन गर्न थालेउ भने उनीहरुलाई प्रेम गर्न भुल्नेछौ ।”

– “दुनियालाई एक्लै बदल्न सकिन्न तर एक्लैले एउटा ढुंगा पानीमा हान्न सकिन्छ जसले सैयौ छाल उत्पन्न गर्न सक्छ ।
– “यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

गुड न्यूज 24
www.goodnews24.com
GoodNews Media

 

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”2573″] [irp posts=”3875″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button