शिक्षा स्वास्थसमाचार

नेपाली नागरिकता पाए पछि खुशी हुदै  “पुतली बाजे “

Gobal IME Bank

baje putaliबिगत २५ बर्ष देखि नेपालमै बस्दै आएका बेलायति नागरिक कोलिन फिलिप “पुतली बाजे” भनेर नेपालमा चिनिन्छन । केहि समय अघि उनले नेपाली नागरिक भएर मर्न चाहन्छु भनेका थिए तर दुर्भाग्यबस उनको त्यो चाहना पुरा हुन सकेको थिएन । नेपालमा पाइने विभिन्न प्रकारका पुतली संकलन र त्यसबारे पुस्तक लेखेकाले उनलाई पुतली बाजे भनिएको हो । उनको नेपाल र नेपाली प्रतिको मोह गजबको छ ,सेतै फुलेको दारी चाउरी परिसकेका गाला सेतो चस्मा र सधै ढाका टोपीमा ठाटिएर पोखराको बजार ओहोरदोहोर गरि रहन्छन उनि । बेलायतको नागरिकता त्यागेर नेपाली लिन्छु भन्दा पनि अहिलेसम्म नपाएकोले दुखि भएका पुतली बाजे नेपाली नागरिकता पाएपछि पत्रकार सम्मेलनमा अब ढुक्क भएको कुरा व्यक्त गरे साथै नेपाली भएर मर्न पाउने भएँ ,अब स्वर्ग जाने भए उनले अंग्रेजी मिसिएको लवजमा खुशीसाथ भने ।

नेपालमा पाइने विभिन्न प्रकारका पुतली संकलन र त्यसबारे पुस्तक लेखेर यो क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याएकाले उनको इच्छाअनुसार बेलायती नागरिक स्मिथलाई नेपाल सरकारले सम्मान स्वरुप नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो । उनि ५४ बर्ष अघि नेपाल आएका थिए । गएको सोमबार मात्र गृह मन्त्रालयले उनलाई संविधानको धारा ११ को उपधारा ९, नेपाल नागरिकता ऐन २०६३ को दफा ६ र नियमावलीको नियम ८ को उपनियम ५ मा भएको व्यवस्थाबमोजिम ०१/०७६/०७७ नम्बरको नेपाली नागरिकता प्रदान गरेको हो । नेपाली नागरिकता पाए संगै अव उनले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् । नेपालमा बसेर उनले गरेको कार्य प्रशंसनीय छ। स्मिथले ४० जिल्ला पुगेर नेपालमा पाइने ६ सय ६० प्रजातिमध्ये ५ सय ५० प्रजाति पत्ता लगाई २५ हजार पुतली संकलन गरी प्राकृतिक विज्ञान संग्रहालय लगायतलाई हस्तान्तरण गरेका छन ।

putali baje

युनाइटेड मिसनमार्फत २०२२ सालमा पोखरा आएका स्मिथ ग्लास्गो विश्वविद्यालयमा गणित विषय पढाउने गर्थे । नेपाल आएर पनि उनले पढाउने नै काम गर्थे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटालगायतलाई उनले पढाएका थिए । उनले पछि पढाउन छोडेर पुतली संकलन गर्न थाले । उनको शोख थाहा पाएपछि त्रिविविका जुलोजीका प्राध्यापक डीआर उप्रेतीले स्मिथलाई बोलाएर कीट विज्ञान संग्रहालय बनाउन आग्रह गरे । त्रिविविसँग ६ वर्षे सम्झौता गरी गाउँ डुलेर पुतली जम्मा गरे । उनले ले सुरुमा पुतली सङ्कलन गरेको ब्रिटेन मै हो । त्यहाँ लन्डनमा एकजना डक्टरका नातिहरूले पहिलोपटक उनलाई ‘बटरफ्लाई ग्र्यान्डड्याड’ भनेका थिए । पछि नेपालमा चाहिँ उनलाई अरूले पनि पुतली बाजे भनेर बोलाउन थालेका हुन् । पुतली बाजे भनेर बोलाउदा तपाईलाई कस्तो लाग्छ भन्ने प्रश्नमा उनले भने, “खुसी लाग्छ। बाटोमा धेरै मानिसहरूले ‘ओहो ! एकछिन बस्नूस्, कुरा गर्नुस्’ भन्छन् अनि मोबाइलमा फोटो खिच्छन्। त्यसैले खुसी लाग्छ।” सुरुमा भाडामा बस्दै आएका उनी अहिले चाहिँ आफैँले जग्गा किनेर बनाएको सानो घरमा बस्छन्। भिसा थप्दै नेपाल बस्नु पर्ने उनको बाध्यताको पनि अव अन्त भएको छ । २५ वर्षदेखि उनले नेपाली नागरिकता पाउन पहल गरिरहेका थिए अन्तत यो चोटि उनले नेपाली नागरिकता प्राप्त गर्न सफल भएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button