मुख्य समाचारसमाचारसूचना प्रविधि

नेपाली बजारमा फ्ल्यागसिप फोन ‘वनप्लस टेन-टी’, १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी

Gobal IME Bank

काठमाडौँ । भोलि शुक्रबार देखि नेपाली बजारमा वनप्लस टेन टी सार्वजनिक हुँदै छ । ४८ सय एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १५० वाटको फास्ट चार्जिङ रहेको छ जसबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी गरेको छ । यो फोनमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ ।

६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको यो फोनमा ९० देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्न सकिन्छ ।

फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रखिएको छ भने फ्रन्टमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

यो फोन नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । यस्को मुल्य नेपाली बजारमा एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button