गुड न्यूज 24मुख्य समाचारसमाचार

के हो अनलाइन ग्रुमिङ ? आफ्नो बच्चाहरुको सुरक्षा कसरी गर्ने ?

Gobal IME Bank

एजेज्सी । साथीहरु बिच एक अर्कामा समानता भेटिनु, एक अर्का सँग पर्सनल कुराहरु सेयर गर्नु साथिहरु बिचमा बोन्ड बनाउनु र विश्वास गर्नु सामान्य कुरा हो । टिनेज होस वा अडल्ट साथी बनाउनु र सम्बन्ध बलियो बनाउनु राम्रो कुरा हो । तर त्यहि विश्वासको प्रयोग गरेर हामी सँग कसैले खराब कार्य गर्यो भने ?

न्युयोर्क टाइममा एउटा आर्टिकल प्रकासित गरिएको थियो जसमा एउटा अपराधिले भिडियो गेम च्याटको माध्यम प्रयोग गरि आफ्नो भिक्टमसम्म पुग्न सक्ने कुराको बारेमा लेखिएको थियो । सन् २०१६ को २६ जनवरीमा बिबिसि थ्रिले डक्युमेन्ट्रि प्रसारण गरेको थियो जसको टाइटल मर्डर गेम्स द लाइफ एण्ड डेथ अफ ब्रेक बेड्नर थियो । यो डक्युमेन्ट्रि ब्रेक बेड्नरको बारेमा हो उनको हत्या १८ वर्षको लुइस डेन्सले गरेका थिए । लुइसले अनलाई गेमिङ प्रयोग गरी ब्रेकसँग निजिएरपछि उनको हत्या गरेका थिए ।

लुइसले ब्रेकको अनलाईन ग्रुमिङ गरी पुरै ब्रेनवस सम्म गरेको थिए । यसै कारण आज हामी अनलाइन ग्रुमिङ बारे चर्चा गर्दैछौ । आजकल अनलाईन गेमिङ निकै ट्रेन्डिङ भइ रहेको छ जसको प्रयोग गरी निकै अपराध पनि भईरहेको छन् जसलाई हामी बेवास्ता गरीरहेको छौ ।

के हो ‘अनलाइन ग्रुमिङ’ ?
‘अनलाइन ग्रुमिङ’ इन्टरनेटको माध्यमबाट बच्चाहरुसँग नजिकिएर उनीहरुको यौन शोषण गर्ने कार्यलाई भनिन्छ । ग्रुमिङ टेक्नोलोजिले बनाएको कुरा होइन । कुनै पनि मानिस जो बच्चाहरु प्रति दुव्र्यवहार गर्ने र शोषण गर्ने मनसाय राखेको हुन्छ त्यो मानिस सजिलै हाम्रो बच्चाहरु सम्म पुग्न सक्छ । यसप्रकारको साइबर क्राइम र अपराधको बारेमा हामीले समाचारमा पनि सुनि रहेको हुन्छौ ।

यस्ता अपराधीहरु भीडीयो गेम च्याटिङ मार्फत पनि सजिलै बच्चाहरु सम्म पुग्छन् । यी व्यत्तिहरु बच्चाहरु सँग साथी बन्छन् र उनीहरुको विश्वास जित्ने प्रयास गर्छन । उनीहरु विभिन्न प्रलोभन देखाउने, बच्चाहरुको ब्रेनवास गरी उनीहरुको फाइदा उठाउने कार्य गर्छन् जसको कारण बच्चाहरुको मस्तिष्क र भावनामा नराम्रो असर पर्छ ।

सोसल मिडियाको विकास सँगै यसबाट बच्चाहरुलाई बचाउनको लागि निकै कठिन हुँदै गइ रहेको छ । बच्चा र टिनेजहरु धेरै समय इन्टरनेटमा बिताउने कारणले गर्दा पनि अनलाइन ग्रुमिङ केसहरुमा वृदि भई रहेको छ । बच्चा र टिनेजहरु यो उमेरमा आमा बुवा कुरा सुन्ने गर्दैनन् र अरु व्यत्तिहरु प्रति छिट्टै विश्वास पनि गर्ने कारण उनीहरुको सुरक्षामा निकै ध्यान दिनु पर्ने हुन्छ । ग्रुमिङ लामो समयमा विकास हुने प्रक्रिया हो यसकारणले गर्दा पनि यसको बारेमा चाँडो पत्ता लगाउन गाह्रो भई रहेको हुन्छ त्यसैले पनि यो निकै खतरनाक हुन्छ । अपराधीहरुले नक्कली प्रोफाइल बनाएर नजिकैको बच्चाहरुलाई टार्गेट गर्ने गर्छन् ।

उनीहरु बच्चा वा टिनेजहरुको विश्वास जिते पछि साथीको रुपमा फ्रोण्ड्ली भएर वा रोमान्टिक सम्बन्धको विकास गरेर उनीहरुको पर्सनल फोटोहरु पठाउन लगाउने र पछि त्यहि फोटोहरुको प्रयोग गरी पिडितलाई ब्ल्याकमेल र उनीहरुको यौन शोषण गर्ने जस्ता अपराध गर्ने गर्छन् । यस्तो समयमा बच्चाहरु असहाय भई रहेको हुन्छन् । कतिपय समयमा अपराधिले पिडितको फोटोहरु अरु अनलाइन साइटमा समेल सेयर गर्ने, नक्कली प्रोफाइल बनाएर पिडित माथि अझ बढि दुव्र्यवहार गर्ने कार्य सम्म गर्छन् भने कुनै केसमा अपराधिले पिडितको हत्या सम्म गरेको पाइएको छ ।

अनलाईन ग्रुमिङको अनुभव गरेको पिडित बच्चाहरुलाई मानसिक रुपमा निकै असर गरेको जसको कारण उनीहरु एन्जाइटि, डिप्रेसन, पोष्ट ट्रमाटिक थट्स र सुसाइडल थट्स जस्ता मानसिक रोग भोगिरहेको हुन्छन् ।

बच्चाहरुको सुरक्षा हामी कसरी गर्न सक्छौ ?
अनलाइन ग्रुमिङ डिजिटल र इन्टरनेटको माध्यमबाट हुने कारण हामीले हाम्रो बच्चाहरुलाई यस्ता अपराधको बारेमा राम्रो सँग शिक्षा र जानकारी दिनु अति आवश्यक कार्य हो । प्राय इन्टरनेटको प्रयोग घरबाट हुने कारण सेफ स्पेस जस्तो लाग्न सक्छ तर आमा बुवाले बच्चाहरुलाई सावधानीका साथ इन्टरनेटको प्रयोग गर्न बच्चाहरुलाई भन्ने र इन्टरनेटमा अन्जान व्यत्तिहरुबाट उनीहरुलाई हुन सक्ने हानीको बारेमा जानकारी दिने ।

शिक्षक र प्यारेन्ट्सहरुको समुह पनि अपराधिले प्रयोग गर्ने टुल्स र टेक्निकहरुको बारेमा सचेत हुन आवश्यक छ ताकि अपराधको बारेमा हानी बच्चाहरुलाई हुनु भन्दा अगाडी नै जानकारी प्राप्त होस् । अनलाइन कम्युनिकेसन प्लेटफर्ममा बच्चाहरुको सेफ्टी ओरियन्टेट सिस्टमको विकासमा ध्यान दिन अति आवश्यक देखिन्छ । यसको लागि उमेर खुल्ने किसिमको प्रोफाइल सिस्टमको विकास गर्ने । आइडि राख्नु पर्ने किसिमको सिस्टम बनाउने र बच्चाहरुका प्रोफाइलमा अडल्टसँग कम्युनिकेसन रिस्ट्रिक्ट गर्ने किसिमको सेक्युरिटि सिस्टम बनाउने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button