Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

महाशिवरात्रिको लागि सजिन थाले पशुपति क्षेत्र

एजेन्सी । महाशिवरात्रिको लागि पशुपति क्षेत्रको विभिन्न स्थानहरुमा तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ ।

महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न गर्दै र झिलिमिलि बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य भइ रहेको सदस्य सचिव डा थापाले जानकारी दिनु भएको छ।

उहाँले पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको र केही दिनमा पशुतिनाथ निकै रमणीय देखिने बताउनुभयो । यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा भिडभाड बढ्न थाले पछि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउनु भयो ।

पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि रू २० लाख खर्च हुने अनुमान गरिएको छ । यसैगरी यसवर्ष पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने कारणले पनि पशुपति क्षेत्रलाई झनै सुन्दर सजावट गर्न थालिएको सदस्य सचिव डा. थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जगद्गुरु शङ्कराचार्य आज फागुन ४ गते पशुपतिनाथमा आउदै तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ । महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।

पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्गरोगनले सजावट गरिन थालेपछि अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको छ ।

महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भिड बढेको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकस कोषले जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button