मुख्य समाचारसमाचार

शीतलनिवासले सच्यायो राष्ट्रपतिको तस्बिर, दुवै गालाको कोठी फिर्ता !

Gobal IME Bank

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिरमा देखिएको त्रुटि सच्याइएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको तस्बिरमा राष्ट्रपतिको तस्बिरलाई सम्पादन गरेर दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै राष्ट्रपति पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

राष्ट्रपति पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि चारैतिर तीव्र आलोचना भएको थियो ।

तीन दिनअघि राखिएको तस्बिर आज फेरिएको हो । पछिल्लो तस्बिरमा राष्ट्रपति पौडेलका दुवै गालाको कोठी देख्न सकिन्छ । कार्यालयले आफ्नो वेबसाइटमा त्रुटिवश तस्बिर राखिएको जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button