समाचार

न्यूज २४ टेलिभिजनको नयाँ शो ‘द लिडर’को घोषणा

Gobal IME Bank

काठमाडौं । नेपालमा अहिले कुनै पनि रियालिटी शो हरु एकदम चर्चामा रहदै आएको छ । गायन रियालिटी शो ,नृत्य रियालिटी शो ,कमेडी रियालिटी शो र अभिनय रियालिटी शो हामीले देख्दै आएको कुरा हुन् तर लिडर रियालिटी शो हाम्रो लागि अलि नौलो हुन सक्छ । न्युज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ ।विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र ,न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा रहेने छन् ।कार्यक्रमको प्रस्तोताको रुपमा रवि लामिछाने रहने यस रियालिटी शोमा बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button