लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियता संवद्र्धन गर्नुपर्छ : राप्रपा नेपाल अध्यक्ष थापा -GoodNews24
मोरङ, २२ जेठ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवद्र्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताउनुभयो ।
उहाँले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद्बाट निर्वाचित राष्ट्रपति र सुदृढ स्थानीय पालिका हुनुपर्ने धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा उहाँले राजसंस्थाले जनताको पक्षमा केही कार्य नगरेकाले मुलुकमा अब राजसंस्था पुनःस्थापना नहुने बताउनुभयो ।
अध्यक्ष थापाले आगामी प्रदेश र संसदीय निर्वाचनमा विभिन्न दलहरुसँग सहकार्य गर्न पार्टी खुल्ला रहेको बताउनुभयो । राजनीतिमा असम्भव भने नहुने हुनाले राप्रपाले राजसंस्था हेर्ने दृष्टिकोण परिवर्तन गरेमा सहकार्य हुन सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
–––